काठमाडौं । नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोनबाट देशभरी एक रुपैयाँमा कल गर्न पाइने भएको छ । टेलिकमले ल्यान्डलाइन टेलिफोनको शुल्क कटौती गर्दै आजदेखि देशभरी मिनेटको एक रुपैयाँ तोकेको छ । पहिला एक अञ्चलबाट अर्को अञ्चलमा टेलिफोन गर्दा एक मिनेटको दुई रुपैयाँ तिनुपथ्र्यो ।
टेलिकमले अब बोल्छ नेपाल मेचीदेखि महाकाली, कुरा गरौ मनभरी भन्ने नारासहित एक रुपैयाँ मूल्य तोकेको हो । मोबाइल फोनको विस्तारसँग ल्यान्डलाइन टेलिफोनको प्रयोग घट्दै गएपछि टेलिकमले शुल्क घटाएको हो ।
टेलिकमले राती दश वजेदेखि विहान ६ वजेसम्म ८ मिनेटको एक कल हुने व्यवस्थालाई खारेज गरेको छ । आजदेखि दुई मिनेटको एक कल हुने व्यवस्था टेलिकमले कायम गरेको छ ।