BIZMANDU
www.bizmandu.com

अल्काटेल वानटच मोबाइल बजारमा, चार मोडलमा उपलब्ध, दुई हजारदेखि १७ हजार रुपैयाँ मुल्य

२०७१ मंसिर ८

अल्काटेल वानटच मोबाइल बजारमा, चार मोडलमा उपलब्ध, दुई हजारदेखि १७ हजार रुपैयाँ मुल्य
अल्काटेल वानटच मोबाइल बजारमा, चार मोडलमा उपलब्ध, दुई हजारदेखि १७ हजार रुपैयाँ मुल्य

काठमाडौं । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स ( एनजिइ सोलुसन्स)  प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल ल्याएको छ । 

Tata
GBIME
Nepal Life

दुई सय वटाभन्दा बढि देशमा कारोबार भइरहेको अल्काटेल वानटच नेपालमा एनजिइ सोलुसन्सले पहिलो चरणमा  पाँच वटा मोडलहहरु ल्याएको हो । नेपालमा भित्राइएका मोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप सि सेभेन रहेका छन् ।

बारफोन  सिरिजको अल्काटेल १०४१ डीको मुल्य एक हजार नौ सय ९०, स्मार्टफोन अल्काटेल पप डि वानको सात हजार सात सय ७७, पप डि थ्रिको मुल्य  नौ हजार एक सय ८०, पप डि फाइभको मुल्य १२ हजार छ सय नौ र पप सि सेभेन को मुल्य १६ हजार अठ सय ४० रुपैयाँ रहेको छ ।

दुई हजारदेखि १७ हजार रुपैयाँ बजार मुल्य तोकेका यी स्मार्टफोन किन्दा उपभोक्तालाई  कम्पनीले फ्लीप कभर र ब्याक प्पानल फ्रि दिने भएको छ । कम्पनीले ल्याएको अल्काटेल पप सि सेभेनमा  क्वाडकोर प्रोसेसर, १ जिबी र्याम, ४ जिबी इन्टरनल मेमोरी, ५ इन्च स्क्रिन, वाइफाई, ब्लुतुथ, थ्रिजी चल्ने, २००० एमएएच को ब्याट्री, गेस्ट मुड, नक नक सिस्टमबाट स्क्रिन खुल्ने लगायतका सुबिधा रहेका छ  । 

उपत्यका लगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको एनजिइ सोलुसन प्रालिका नेशनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।