BIZMANDU
www.bizmandu.com

ब्राइटको २५ प्रतिशत लाभांस स्वीकृत, मर्जर अन्तिम चरणमा, राष्ट्रियस्तरको विकास बैंक बन्ने

२०७१ मंसिर ८

काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्राइट डेभलपमेन्ट बैंकलाई लाभांस वितरण गर्न स्वीकृति दिएको छ। बैंकको सञ्चालक समितिले गत बर्षको नाफाबाट २५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा लगेको थियो।
 
बैंकको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले चुक्ता पुँजीको २० प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लाभांस पाउने छन्। 
 
ब्राइट, त्रिवेणी विकास बैंक र पब्लिक डेभलपमेण्ट बैंक आपसमा गाभिइ राष्ट्रिय स्तरको विकास बैंक बन्ने उद्देश्यले भइरहेको मर्जर प्रक्रिया करिव अन्तिम चरणमा पुगेको निमित्त प्रमुख कार्यकारी अधिकृत छविलाल हुमागाईले जानकारी दिएका छन्। आगामी साधारणसभाबाट मर्जरको प्रस्ताव पनि पारित हुने छ। 

Tata
GBIME
Nepal Life