BIZMANDU
www.bizmandu.com

पर्यटन सचिव यज्ञ गौतम नेपाल वायु सेवा निगमको अध्यक्षमा नियुक्त

२०६९ भदौ ३१

पर्यटन सचिव यज्ञ गौतम नेपाल वायु सेवा निगमको अध्यक्षमा नियुक्त
पर्यटन सचिव यज्ञ गौतम नेपाल वायु सेवा निगमको अध्यक्षमा नियुक्त


काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको अध्यक्षमा पर्यटन सचिव यज्ञप्रसाद गौतमलाई नियुक्त गरेको छ । यस अघिका कार्यकारी अध्यक्ष मनरुप शाहीले राजीनामा दिए पछि निगम बोर्ड अध्यक्ष पद रिक्त थियो । निगमको कार्यकारी प्रमुख पदका लागि भने सार्वजनिक संस्थान निर्देशन बोर्डले छानिरहेको छ । अहिले राजबहादुर के.सीले कामु प्रवन्ध निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न थाले पछि पुर्व अध्यक्ष शाहीले राजिनामा दिएका थिए । पर्यटन सचिव गौतमले निगमका कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

Tata
GBIME
NLIC