BIZMANDU
www.bizmandu.com

एभरेष्ट इन्स्योरेन्सले डाक्यो बिशेष साधारण सभा,एक बराबर १.५ अनुपातमा हकप्रद सेयर दिने

२०७१ मंसिर ७

काठमाडौं। बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी पुर्याउन एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक बराबर १.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले मंसिर २३ गते यस प्रयोजनको लागि बिशेष सधारण सभा समेत बोलाएको छ। यस सभाले पारित गरेमा कम्पनीले हकप्रद सेयर जारी गर्न सक्नेछ। 
 
हाल १० करोड नौं लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले हकप्रद सेयर जारी गरेपछि यो रकम २५ करोड २२ लाख रुपैयाँ पुग्ने छ। बीमा समितिको व्यवस्था अनुसार निर्जिवन बीमा कम्पनीको चुक्तापूँजी कम्तिमा २५ करोड रुपैयाँ हुनुपर्दछ। 
 
कम्पनीले अधिकृत पुँजी ४० करोड रुपैयाँ, जारी पुँजी ३० करोड रुपैयाँ पुर्याउने र यसको लागि प्रबन्ध पत्र, नियमावली समेत संशोधन गर्ने प्रस्ताव सभामा लैजादै छ। नियम विपरित अग्नी बीमाको दाबी भुक्तानी गरिएको भन्दै कम्पनीलार्य यसअघि बीमा समितिले कारवाही गरेको थियो। राजेन्द्र खेतानको लगानी रहेको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्न्याक्स प्रालिमा भएको आगलागीमा प्रकृया नपुर्याई चार करोड रुपैयाँ भुक्तानी दिएपछि संस्था कारवाहीमा परेको हो।  आफ्नै व्यवस्थापनमा समेत केही समय कम्पनी चलाएको समितिले सेयरधनीलाई कम्पनी जिम्मा लगाइसकेको छ। 
 
चालु आवको पहिलो त्रैमाशमा कम्पनी १३ लाख ६१ हजार नाफामा रहेको थियो। कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर इक्रा नेपालबाट क्रेडिट रेटिङ गराउन र धितोपत्र बोर्डले निष्कासन अनुमती दिन बाँकी छ। 
 

Tata
GBIME
Nepal Life