BIZMANDU
www.bizmandu.com

हिमालयन बैंक पुष नौंमा २२ औं बार्षिक साधरण सभा, २१ प्रतिशत लाभांश पाउने मंगलवार अन्तिम दिन

२०७१ मंसिर ७

काठमाडौं। हिमालयन बैंकले आगामी पुष नौं गते २२ औं बार्षिक साधरण सभा गर्ने भएको छ। त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने सभामा बैंकले २६.०५ प्रतिशत लाभांशको प्रस्ताव लैजादै छ। बैंकले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश दिन लागेको हो। 
 
बैंकले मंसिर १० देखि पुष नौं गतेसम्म बुक क्लोज हुने उल्लेख गरेको छ। मंगलवारसम्म सेयर स्वामित्व हुने लगानीकर्ताहरुले मात्र बैंकले दिएको लाभांश लिन पाँउने छन। 
 
बैंकले साधारण सभामा समूह ग का तर्फबाट एक जना सञ्चालकको लागि निर्वाचन समेत गर्ने भएको छ। लेखा परिक्षकको नियुक्ति, जारी पुँजी वृद्धि, प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि सभामा लगिदैछ। 
 

Tata
GBIME
Nepal Life