काठमाडौं । मजदुरसँगको विवादका कारण बन्द भएको एक महिनापछि आइतवारबाट बहुराष्ट्रिय फुड चेन केएफसी, पिज्जाहट र क्रिमवेल रेष्टुरेण्ट आइतवारबाट खुलेका छन् । मजदुरले व्यवस्थापनका वरिष्ठ कर्मचारीमाथि कुटपिट गरेको भन्दै साउन ३० गतेबाट देवयानी इन्टरनेशनलले काठमाडौंमा सञ्चालन गरेका पाँच आउटलेट बन्द गरेको थियो । दरवारमार्गमा रहेको केएफसी, पिज्जा हट, क्रिमवेल र त्रिपुरेश्वरमा रहेको केएफसी र पिज्जाहट डेलिभरी एक महिनादेखि बन्द थिए ।
अघिल्लो साता मजदुरसँग तीन बुँदे सहमतिपछि केएफसी आइतवारबाट खुलेको हो । मजदुरसँग कम्पनीको विनियम अनुसार कर्मचारी परिचालन हुने, कम्पनीले पनि नेपालको श्रम कानून मान्ने सहमति भएको छ । केएफसीका वैद्य माओवादी मजदुरहरुले यो अवधिमा श्रम ऐन अनुसार टे«ड युनियन पनि दर्ता गरिसकेका छन् ।