BIZMANDU
www.bizmandu.com

सोमबारदेखि मोटरसाइकलसहितका सवारी साधनमा जोरबिजोर प्रणाली, यस्तो ट्राफिकको व्यवस्थापन योजना

२०७१ मंसिर ५

सोमबारदेखि मोटरसाइकलसहितका सवारी साधनमा जोरबिजोर प्रणाली, यस्तो ट्राफिकको व्यवस्थापन योजना
सोमबारदेखि मोटरसाइकलसहितका सवारी साधनमा जोरबिजोर प्रणाली, यस्तो ट्राफिकको व्यवस्थापन योजना

काठमाडौ । आसन्न १८ औँ सार्क शिखर सम्मेलनका लागि ट्राफिक व्यवस्थापन योजना सार्वजनिक भएको छ। सवारी मार्गमा एक घण्टाको अवधिमा झण्डै एक लाख सवारी साधन प्रभावित हुने ट्राफिकले जनाएको छ।

Tata
GBIME
Nepal Life

सोमबारदेखि मोटरसाइकलसहित सबै सवारी साधनमा जोरबिजोर प्रणाली सञ्चालन गरिनेछ। यदि यो नियम उल्लङ्घन गरे जरिवाना तिराइने छ।

मंसिरमा बिहेको साइत जुरेकाहरुले पनि सास्ती भोग्नुपर्ने भएको छ। दुलहादुलही चढेको सवारी साधनमा मात्र जोरबिजोर लागू नहुने तर जन्तीको गाडीमा भने लागू हुने ट्राफिकले जनाएको छ। 

त्यस्तै सोमबारदेखि नै पुरानो बसपार्क खाली गर्दै त्यहाँको सवारी साधन व्यवस्थापनका लागि विभिन्न विकल्प दिइएको छ।  

सार्कका क्रममा त्रिभुवन विमानस्थलमा पनि हजारौँ यात्रुले दैनिक हैरानी भोग्नुपर्ने भएको छ। 

हेर्नुस् ट्राफिकको  व्यवस्थापन योजना-