बैंकको पोखरा शाखामा कार्यरत भगवान बराल गत बैसाख १५ गते मेगा सेभिङ्ग एण्ड को–अपरेटिभबाट रकम सङ्कलन गरी फर्किने क्रममा अज्ञात समुहले गोली प्रहारबाट घाइते भएका थिए । बराललाई पोखराको मणीपाल अस्पतालमा केही समय, न्यूरो अस्पताल काठमाडौंमा ४ महिना र ३ महिनामा वेलनेस अस्पताल महाराजगंजमा उपचार गरिएको थियो। उपचारको सम्पूर्ण खर्च बैंकले नै ब्यहोरेको थियो ।
हाल कर्मचारी स्वास्थ लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका छन। घटनामा संलग्न दोषीहरु हालसम्म फरार रहेकोले बैंकले अभियुक्तहरुलाई अबिलम्ब कानुनी दायरामा ल्याउन अनुरोध गरीने बैंकले बताएको छ।