काठमाडाैं । सार्कका लागि सास्ती र छुट्टि दुवैका लागि तयार हुन थाल्नुहाेस् । पहिले छुट्टि: सार्कमा विद्यालय पाँच दिन बन्द हुनेछन् । सार्वजनिक कार्यलय दुर्इ दिन बन्द हुनेछन् । सास्ती सार्कका चार दिन सवारी साधन जाेर विजोर प्रणालीमा चल्नेछन् ।
विमानस्थल मात्र नभई सडकमा पनि मंसिर ८ गतेदेखि १२ गतेसम्म जोरबिजोर प्रणाली लागू गरिनेछ।
अर्थात् जोर अङ्कको गतेमा जोर अङ्क नम्बरप्लेटमा भएका सवारी साधन र बिजोर अङ्कको गतेमा बिजोर अङ्कका नम्बरप्लेट भएका सवारी साधन मात्र चल्न दिइनेछ।
सार्क शिखर सम्मेलनका क्रममा काठमाडौँ उपत्यकामा पाँच दिन विद्यालय, क्याम्पस बन्द हुनेछ भने दुई दिन सार्वजनिक विदा हुनेछ।
गृह मन्त्रालयका अनुसार मंसिर ९ गतेदेखि १२ गतेसम्म शिक्षण संस्था बन्द हुनेछन्। मंसिर १३ गते शनिवार परेकाले विद्यालय पाँच दिन बन्द रहनेछन् । त्यसैगरी मंसिर १० र ११ गते दुई दिन सार्वजनिक विदा हुनेछ।