BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले लुछुभुजु मन्दिरको मर्मत सम्भार गर्‍यो

२०७१ मंसिर २

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबी बैंकले मच्छिन्द्र फुटबल क्लबको सहर्कायमा काठमाडौंको केलटोलस्थित लुछुभुजु अजिमा मन्दिरको मर्मत सम्भार गरेको छ। एनएमबी बैंक हेरिटेज वाक २०१४ का अवसरमा बैंकले मर्मत सम्हार गरेको हो। 
 

संस्थागत सामाजिक दायित्वअन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय सम्पदाहरुको संरक्षणम जनचेतना जगाउने तथा संरक्षणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई सघाउने तर्फ बैंक सक्रिय रहेको छ। यसै सिलसिलामा केही समय अगाडि बैंकले थापाथलीस्थित गोरखनाथ मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरेको थियो।
 
ध्यान नपुगेका तथा जीर्ण अवस्थामा रहेका सम्पदा क्षेत्रहरुको मर्मत सम्भार तथा पुनर्निर्माणको कार्य गरी सम्पदा संरक्षणको महत्वबारे सम्वन्धित सवैमा चेतना जगाउनका लागि बैंकले भविष्यमा पनि प्रयत्न जारी राख्ने बैंकले जनाएको छ।