BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइबाट सुरेश महर्जन सिद्धार्थ बैंक सरे, १६ बर्षभन्दा वढीको अनुभव, नबिलबाट करियर सुरु

२०७१ मंसिर २

ग्लोबल आइएमइबाट सुरेश महर्जन सिद्धार्थ बैंक सरे, १६ बर्षभन्दा वढीको अनुभव, नबिलबाट करियर सुरु
ग्लोबल आइएमइबाट सुरेश महर्जन सिद्धार्थ बैंक सरे, १६ बर्षभन्दा वढीको अनुभव, नबिलबाट करियर सुरु

Tata
GBIME
Nepal Life
 
काठमडौं। ग्लोबल आइएमइ बैंकका सेन्ट्रल अपरेसन प्रमुख (प्रबन्धक) सुरेशराज महर्जन सिद्धार्थ बैंक लिमिटेडमा सरेका छन्।

उनले केही दिनअघिबाट सिद्धार्थ बैंकमा वरिष्ठ प्रबन्धकका रुपमा काम थालिसकेका छन्। 
 

ग्लोबल आइएमइ बैंकमा सात बर्ष दुई महिना विताएका महर्जनले करियरको सुरुवात नबिल बैंकबाट गरेका हुन्।

नबिलमा जुनियर असिस्टेन्टबाट करियर सुरु गरेका उनले नौं बर्ष पाँच महिना काम गरेपछि असिस्टेन्ट म्यानेजरका रुपमा ग्लोबल बैंकमा गएका थिए।
 

ग्लोबल बैंकमा उनले प्रमुख सञ्चालन अधिकृतका रुपमा विभिन्न विभागहरुको नेतृत्व गरेका थिए।

उनले त्रिभूवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।