BIZMANDU
www.bizmandu.com

फोर्डको शेलबाइ सिरिजको मुस्ताङ गाडी नयाँ भर्सनमा, ग्यास इन्जिनमा उपलब्ध, ५०० हर्सपावरको शक्ति

२०७१ मंसिर २

फोर्डको शेलबाइ सिरिजको मुस्ताङ गाडी नयाँ भर्सनमा, ग्यास इन्जिनमा उपलब्ध, ५०० हर्सपावरको शक्ति
फोर्डको शेलबाइ सिरिजको मुस्ताङ गाडी नयाँ भर्सनमा, ग्यास इन्जिनमा उपलब्ध, ५०० हर्सपावरको शक्ति

काठमाडौं । अमेरिकी अटोमोवाइल उत्पादक फोर्डले शेलबाइ सिरिजको मुस्ताङ जिटी३५० गाडी सार्वजनिक गरेको छ। अहिलेसम्म मूल्य सार्वजनिक नगरिएको नयाँ गाडीले युरोपिएन स्पोर्ट्स कारकै जत्तिको शक्ति उत्पन्न गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life


कम्पनीले नयाँ गाडीमा इकोबुस्ट इन्जिन रहेको जनाएको छ। नयाँ गाडी वातावरणमैत्री रहेको पनि कम्पनीको दावी छ। नयाँ गाडीले ५०० हर्सपावरको शक्ति उत्पादन गर्नेछ।

ग्यास इन्जिन रहेको नयाँ गाडीमा ६० लिटर इन्धन भर्न सकिन्छ।

फोर्ड पर्फर्मेन्स भेइकलका चिफ इन्जिनियर जमाल हमिदीले कम्पनीले नितान्त नयाँ र उच्चस्तरीय गाडी बजारमा ल्याएको भन्दै गाडी निर्माणमा कुनै सम्झौतान नगरिएको दावी गरेका छन्।

कम्पनीले नयाँ गाडीमा शक्तिशाली तीनवटा इन्जिन रहेको जनाएको छ। नयाँ गाडीमा यसअघिको भी८ पावरको साटो थप गरी ५.०एल भी८ पावर राखिएको छ। गाडीमा पावर र इफिसिएन्सी ब्यालेन्स गर्ने अत्याधुनिक ब्यवस्था गरिएको छ। नयाँ गाडीमा अटोमेटिक ट्रान्समिसन र नयाँ सेलेक्टेबल ड्राइभ मोड पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नयाँ गाडी ६ फिट दुई इन्च फराकिलो छ। यस्तै चार फिट आठ इन्च अग्लो गाडीको कुल लम्बाइ १५ फिट ९ इन्च छ। कम्पनीले तत्काललाई नौ रंगको गाडी बजारमा ल्याएको छ। यस्तै कारमा भित्र तिन किसिमका रंग प्रयोग गरिएको छ।

सुरक्षाका दृष्टिकोणबाट पनि नयाँ गाडी निकै उपयुक्त रहेको कम्पनीले जनाएको छ।