BIZMANDU
www.bizmandu.com

को को हुन् वढी कर तिर्ने? आयकर तिर्नेमा एनसेल, व्यक्तितर्फ सिद्धार्थ राणा, नबिल र आइएमइ पनि

२०७१ मंसिर १

को को हुन् वढी कर तिर्ने?  आयकर तिर्नेमा एनसेल, व्यक्तितर्फ सिद्धार्थ राणा, नबिल र आइएमइ पनि
को को हुन् वढी कर तिर्ने? आयकर तिर्नेमा एनसेल, व्यक्तितर्फ सिद्धार्थ राणा, नबिल र आइएमइ पनि


Vigo
GBIME
Tata

काठमाडौं। सरकारले तेस्रो राष्ट्रिय कर दिवश मनाएको छ। आन्तरिक राजश्व विभागले कर दिवशका अवसरमा विभिन्न क्षेत्रमा वढी कर तिर्नेहरुलाई सोमबार सम्मान गरेको छ।



 
सबैभन्दा वढी आयकर तिरेकोमा एनसेल सम्मानित भएको छ भने वढी मूल्य अभिबृत कर तिरेर नेपाल टेलिकम सम्मानित भएको छ।

 

 
व्यापारिक क्षेत्रबाट सिप्रदी ट्रेडिङ, वित्तीय क्षेत्रबाट नबिल बैंक, होटलबाट सोल्टी होटल, निर्यात उद्योगबाट किरण सुज, पारिश्रमिक आयकरबाट सिद्धार्थ शम्शेर राणा, लघुवित्तबाट छिमेक लघुवित्त विकास बैंक, स्वास्थ्य सेवा क्षेत्रबाट ओम अस्पताल, हवाइ उद्यमबाट वुद्ध एयर सम्मानित भएको छ। 

 
औषधि उद्योगबाट देउराली जनाता, रेमिटेन्सबाट आइएमइ लिमिटेड, शिक्षाबाट काठमाडौं मेडिकल कलेज, लेखापरीक्षण संस्थाबाट सिएससी कम्पनी, चिकित्सकबाट भोला रिजाल, कानुन व्यवसायीबाट पायोनियर लका भरतराज उप्रेति र व्यापारिक समूहबाट मूल्य अभिबृद्ध कर वुझाउनेमा त्रिशक्ति ट्रे सम्मानित भएका छन्। सम्मानित हुनेहरुलाई अर्थमन्त्री डा. रामशरण महतले सम्मान गरेका थिए। 

को को भए सम्मानित ?