BIZMANDU
www.bizmandu.com

जिओनीको इलाफ एस ५.१ स्मार्टफोन नेपाल आउँदै, ३० हजार हाराहारी मूल्य, यस्ता छन् सुविधा

२०७१ कात्तिक ३०

जिओनीको इलाफ एस ५.१ स्मार्टफोन नेपाल आउँदै, ३० हजार हाराहारी मूल्य, यस्ता छन् सुविधा
जिओनीको इलाफ एस ५.१ स्मार्टफोन नेपाल आउँदै, ३० हजार हाराहारी मूल्य, यस्ता छन् सुविधा

काठमाडौं । नेपालका लागि जिओनी मोवाइलको आधिकारिक विक्रेता टेलिटकले जिओनी इलाफ एस ५.१ मोवाइल नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी दश दिनपछि यो स्मार्टफोन कम्पनीका अधिकृत विक्रेतामार्फत उपलब्ध हुने जानकारी दिएको छ ।
झण्डै ३० हजार हाराहारी पर्ने इलाफ एस ५.१ मोवाइलले उपभोक्ताहरुलाई अधिकतम सेवा र सबै विशेषताले भरिपूर्ण हुने दावी कम्पनीले गरेको छ ।
संसारकै सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने कम्पनी भनेर चिनिने ‘जियोनी’ले फेरि त्यस्तै अर्को एकदमै पातलो ह्याण्डसेट उत्पादन गरेको कम्पनीले आइतवार जारी प्रेस विज्ञप्तिमा छ । कम्पनीले ४.८ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने यो मोवाइलबाट उपभोक्ताले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ । १.८ एम.एम. साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्नेछ ।
यो मोवाइलमा आठ मेगापिक्सेलको रेयर क्यामरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ । यसमा उपलब्ध रमाइला मोडहरु चलाएर उपभोक्ताहरुले छुट्टै खालको अनुभव बटुल्न सक्ने दावी कम्पनीले गरेको छ ।
उपभोक्तले मोवाइलबाट फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सक्नेछन् । इलाइफ एस ५.१ ले आफ्नो उपभोक्ताहरुलाई अपडेटेट र स्टाइलमा रहन मात्र होइन सबैभन्दा राम्रो अनुभव बटुल्नको लागि पनि सुनिश्चित गर्ने दावी कम्पनीको छ ।
बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्द यो मोबाइल आफ्नै वर्गहरुमा उत्कृष्ट बनाएको छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि उपलब्ध छ ।
यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी. ¥याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषता छन् ।

Tata
GBIME
Nepal Life