BIZMANDU
www.bizmandu.com

सिभिल मलको सामसुङ ग्यालेक्सी एस–५ दसैं तिहार महोत्सव सकियो, हजार माथिको खरीदमा उपहार

२०७१ कात्तिक ३०

सिभिल मलको सामसुङ ग्यालेक्सी एस–५ दसैं तिहार महोत्सव सकियो, हजार माथिको खरीदमा उपहार
सिभिल मलको सामसुङ ग्यालेक्सी एस–५ दसैं तिहार महोत्सव सकियो, हजार माथिको खरीदमा उपहार

काठमाडौं। सिभिल मलले आयोजना गरेको सामसुङ ग्यालेक्सी एस–५ दसैं तिहार महोत्सव २०७१ सम्पन्न भएको छ। कार्यक्रम अवधिभर एक हजार रुपैयाँभन्दा बढीको किनमेल गरी ग्राहकले प्राप्त गर्ने कुपनहरु मध्येबाट गोलाप्रथाबाट विजेताको चयन गरी विभिन्न उपहारहरु प्रदान गरिएको थियो।

Tata
GBIME
Nepal Life


 

दैनिक सरदर दुई लाख ५० हजार बराबरको उपहार प्रदान गरिएको सो कार्यक्रममा चार जनाले महिन्द्रा स्कुटर, दुई जनाले काठमाण्डौ–दुवई हवाई टिकट प्राप्त गरे भने अन्य विजेताहरुले हीराको हार, हिराको लकेट, एलसीडी टीभी, रेफ्रिजरेटर, वाशिङ मेशिन, डिजिटल क्यामेरा, माईक्रोवेभ ओभन र नगद भौचरहरु प्राप्त गरे।
 
भाद्र २७ देखि २२ कार्तिक सम्म सञ्चालित यो कार्यक्रम अवधिभर ४७८ जनाले विभिन्न उपहार प्राप्त गरेका थिए।