काठमाडौं। जानकी फाइनान्सको चालु आवको पहिलो त्रैमाशमा नाफा १८ प्रतिशतले घटेको छ। गत आवको पहिलो त्रैमाशमा ९९ लाख १३ हजार नाफा कमाएको कम्पनीको यसपटक भने नाफा ८१ लाख १४ हजारमा सिमित भएको छ।

कम्पनीको व्याज आम्दानी ६.१५ प्रतिशतले घटेर एक करोड एक लाख २८ हजारमा सिमित भएको छ। कम्पनीको यसपटकको राइट ब्याक पनि ९४ प्रतिशतले घटेर तीन लाख ३४ हजारमा सिमित भएको छ। कम्पनीले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा रकम छुट्याएको छैन।
कम्पनीको अन्य आम्दानी पनि घटेर ११ लाख ३४ हजारमा सिमित भयो। कम्पनीको निक्षेप आठ प्रतिशतले बढेर एक अर्ब २२ करोड र कर्जा १७ प्रतिशतले बढेर ८७ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चिती भने एक सय १३ प्रतिशतले बढेर २६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको कुल कर्जामा खराब कर्जा १० प्रतिशतबाट घटेर पाँच प्रतिशतमा सिमित भएको छ। कम्पनीले सम्भावित जोखम वापतको खराब कर्जाको तुलनामा एक सय १८ प्रतिशत व्यवस्था गरेको छ।
कम्पनीको पुँजी कोष पर्याप्ततता ३६.८१ रहेको छ। कम्पनीको कोष लागत पनि घटेर ८.२८ प्रतिशतमा सिमित भएको छ। कम्पनीको निक्षेप कर्जाको अनुपात घटेर ५७ प्रतिशत रहेको छ यो अघिल्लो पटक भन्दा दुई प्रतिशतले कम हो। अहिलेपनि कम्पनीले कुल निक्षेपको २३ प्रतिशत रकम कर्जा लगानी गर्न सक्छ । तर कम्पनीले यो रकमको सदुपयोग गर्न सकेको देखिदैन।
कम्पनीको प्रतिसेयर आम्दानी ५.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात एक सय १२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८१ रुपैयाँ छ।