BIZMANDU
www.bizmandu.com

एनआईसी बैंकका नयाँ कर्जा, घरकर्जा १२ प्रतिशतमा, अटो ११ प्रतिशत व्याजमा

२०६९ भदौ २८

एनआईसी बैंकका नयाँ कर्जा, घरकर्जा १२ प्रतिशतमा, अटो ११ प्रतिशत व्याजमा
एनआईसी बैंकका नयाँ कर्जा, घरकर्जा १२ प्रतिशतमा, अटो ११ प्रतिशत व्याजमा


काठमाडौं । एनआईसी बैंकले दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैकले विहीबार पूर्व स्वीकृत सवारी साधन कर्जा तथा घर कर्जा र ‘अटो बलुन फाइनान्सिङ’ योजना सार्वजनिक गरेको हो । राजधानीमा पत्रकार सम्मेलन गर्दै  बैकले ग्राहकको अम्दानीका आधारमा ऋण रकम र भुक्तानीको किस्ता तोकिदिने जानकारी दियो ।
बैंकले घर/जग्गा ऋणको ब्याजदर १०.९९ प्रतिशत र सवारी साधन कर्जाको ११.४९ प्रतिशत व्याज निर्धारण गरेको छ । पूर्व स्विकृत लिएको ९० दिनभित्र ऋण लिइसक्नु प्रावधान पनि कम्पनीले राखेको छ । ऋणको प्रक्रियाका लागि बैंकले एक प्रतिशत सेवा शुल्क लिने छ । पूर्व स्वीकृत गरेको ऋण ग्राहकले नलिएमा सेवा शुल्क वापत लिएको रकम फिर्ता हुने एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले बताए ।
अटो बलुन फाइनान्सिङमा कर्जाको ७० प्रतिशतसम्मको रकमलाई मासिक भुत्तानीबाट चुत्ता गर्न सकिने छ भने बाँकी ३० प्रतिशत रकम अन्तिम किस्ता पछि एकमुष्ठ वा प्रथम वर्षपछि आंशिकरुपमा भुत्तानी गर्न सकिने बैकले जनाएको छ । सिइओ जोशीले उपभोक्ताले खरिद गर्ने घर/जग्गा अथवा सवारी साधन रोज्नु अगावै कर्जा रकम स्वीकृत गरिने जानकारी दिए । आफूले खरिद गर्ने घर÷जग्गा अथवा सवारी साधानको निश्चित गर्नु अगावै ऋण रकम थाहा पाउने हुँदा चाहे अनुसारको घर/जग्गा तथा सवारी साधान छनौट गर्न पर्याप्त समय हुने उनले जानकारी दिए । यसले कर्जाको मोलतोल गर्ने क्षमतामा बृद्धि हुने भएकाले उचित मुल्यमा घर अथवा सवारी साधन खरिद गर्न ग्राहकले सक्ने पनि उनले बताए । यसले सुस्त भैरहेको घर÷जग्गा खरिदमा नयाँ उत्साह थप्ने दावी पनि जोशीले गरे ।

Tata
GBIME
NLIC