प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले लक्की ड्रमार्फत यो योजनाको बिजेता छानेका हुन्। कालीकोटकी शाहीलाई प्रभु मनि ट्रान्सफरमार्फत उनका दाजुले कालीकोटबाट पैसा पठाएका थिए। कल्पनाले २६ सेप्टेम्बरका दिन काठमाडौंको महामञ्जुश्री सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमार्फत पैसा लिएकी थिइन्।
प्रभुले १४ सेप्टेम्बरमा सुरु गरेको यो योजना २९ अक्टोबरमा सकिएको थियो। योजना अन्तर्गत कम्पनीले दैनिक पुरस्कारमा ४६ वटा लेमन मोवाइल, ४६ वटा नै १ वर्षको दुर्घटना बिमा योजना ग्राहकलाई बाँडिसकेको छ। यस्तै साप्ताहिक पुरस्कार अन्तर्गत लेमनकै अर्को मोवाइल १२ जनालाई प्रदान गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ।
कम्पनीले विदेशबाट रकम पठाउनेलाई पनि उपहार प्रदान गरेको छ। विदेशबाट रकम पठाउने मध्येबाट हरेक हप्ता १ जनालाई एकतर्फी हवाइ टिकट प्रदान गरेको जनाएको छ।
योजना अवधिभरमा दुई लाख ५० हजार नौसय २० कारोबार भएको कम्पनीले जनाएको छ।
प्रभु मनि ट्रान्सफरले साउदी अरेबिया, दुबई, मलेशिया तथा अमेरिकालगायतका देशबाट प्रत्यक्ष रुपमा तथा विश्वा अरु विभिन्न देशबाट स्थानीय एजेण्ट तथा अन्य रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।