BIZMANDU
www.bizmandu.com

गत आवमा नोक्सानमा रहेको भिबोर बिकास बैंक नाफामा,राइट ब्यांक र व्याज आम्दानीले ल्यायो नाफामा

२०७१ कात्तिक १४

काठमाडौं। चालु आवको पहिलो त्रैमाशमा भिवोर बिकास बैंक नाफामा देखिएको छ। बैंक गत आवको अन्त्यमा १३ करोड १९ लाख रुपैयाँ नोक्सानमा थियो। गत आवको पहिलो त्रैमाशमा भने बैंक दुई करोड ८९ लाख रुपैयाँ नोक्सानमा थियो। हाल बैंकको सञ्चित नोक्सान ४० करोड चार लाख रुपैयाँ बाँकी नै छ। बैंकले यसअघि सम्भावित जोखिमबापत राखेको नौं करोड ७० लाख रुपैयाँ फिर्ता ल्याएको छ। बैंक दुई करोड ५३ लाख नाफामा छ।
बैंकको खुद व्याज आम्दानी र राइट ब्याक नै नाफाको मुख्य आधारको रुपमा देखिएको छ। बैंकको गत आवको यही अवधिमा ६० लाख ५२ हजारले नकारात्मक रहेको खुद व्याज आम्दानी यसपटक भने दुई करोड ४२ लाख रुपैयाँ पुगेको छ। बैंकको फि, कमिसनबाट भएको आम्दानी ६६ प्रतिशतले बढेको, अन्य आम्दानी २७ प्रतिशतले घटेको छ भने बैदेशिक मुद्राको बिनिमयबाट भएको २१ हजार नोक्सान भएको छ। 
 
बैंकको सञ्चालन नोक्सान भने १५ प्रतिशतले बढेको छ। बैंकको यस्तो नोक्सान सात करोड १८ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको हिस्सा कम भएको देखिन्छ। यसअघिको बर्षको त्रैमाशमा १५.५२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ५.६५ प्रतिशतमा सिमित भएको छ। तर बैंकले खराब कर्जा वापतको हर्जाना रकम भने ९१ प्रतिशतले बढाएर सात करोड १८ लाखमा सिमित पारेको छ। बैंकले खराब कर्जाको तुलनामा १०४ प्रतिशत रकम व्यवस्था गरेको उल्लेख छ। 
 
बैंकको प्रशासनिक खर्च चार प्रतिशतले बढेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात १२.३५ प्रतिशत, पुँजी कोष लागत ७.४७ प्रतिशत, औसत व्याजदर १०.८८ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप अनुपात ७०.९२ प्रतिशत रहेको छ। 
 
बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६.६१ गुणा र प्रतिसेयर नेटवर्थ ५६.३३ रुपैयाँ रहेको छ। 
 

Tata
GBIME
Nepal Life