BIZMANDU
www.bizmandu.com

मारुती सुजुकीको स्वीफ्ट कार नयाँ भर्सनमा, पहिलेको भन्दा १० प्रतिशत धेरै इन्धन बचत हुने

२०७१ कात्तिक १४

मारुती सुजुकीको स्वीफ्ट कार नयाँ भर्सनमा, पहिलेको भन्दा १० प्रतिशत धेरै इन्धन बचत हुने
मारुती सुजुकीको स्वीफ्ट कार नयाँ भर्सनमा, पहिलेको भन्दा १० प्रतिशत धेरै इन्धन बचत हुने

काठमाडौं । मारुती सुजुकी इन्डियाले भारतमा स्विफ्ट मोडलको नयाँ भर्सन सार्वजनिक गरेको छ। पहिलेको तुलनामा १० प्रतिशत भन्दा धेरै इन्धन बचत गर्ने नयाँ कारको मूल्य चारलाख ४२ हजार भारुदेखि ६ लाख ९५ हजारसम्म पर्ने कम्पनीले जनाएको छ। कम्पनीले झण्डै १० वर्षपछि नयाँ भर्सनको कार सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

मारुती सुजुकी इण्डियाले यसअघि २००५ मा पहिलो पटक स्विफ्ट मोडलको कार सार्वजनिक गरेको थियो। कम्पनीले अहिले डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध हुने गरी कार निर्माण गरेको जनाएको छ। कम्पनीका एक्ज्यूकेटिभ डाइरेक्टर आर एस कलसीले नयाँ भर्सनको कारले यस अघिको तुलनामा १० प्रतिशत भन्दा धेरै इन्धन बचत गर्ने बताए।

नयाँ कारमा विभिन्न फिचरहरु थप गरिएको उनले दावी गरे। नयाँ मोडल सार्वजनिक हुनु अघिसम्म मात्रै कम्पनीले यो कार १२ लाख भन्दा धेरै बेचिसकेको उनले दावी गरे।

कम्पनीले पेट्रोल भर्सनमा चार किसिमका कार ल्याएको छ। पेट्रोल इन्जिनको एलएक्सआईको मूल्य चार लाख ४२ हजार भारु छ। यस्तै एलएक्सआई (ओ)को चार लाख ४९ हजार भारु पर्ने कम्पनीले जनाएको छ। षस्तै वीएक्सआईको पाँच लाख आठ हजार तथा जेएक्सआई पाँच लाख ९० हजार भारु मूल्य पर्ने कम्पनीले जनाएको छ।

यस्तै डिजेल इन्जिनतर्फ एलडीआईको पाँच लाख ५६ हजार भारु पर्छ भने वीडीआईको पाँच लाख ९९ हजार नौसय भारु र जेडीआई ६ लाख ९५ हजार भारु पर्ने मारुती सुजुकी इण्डियाले जनाएको छ।