BIZMANDU
www.bizmandu.com

कोका–कोला नेपाली तारा ३ को दोस्रो चरणबाट ४० जना छनौट, विजेताले मोटरसाइकल र साढेदुई लाख पाउने

२०७१ कात्तिक ६

कोका–कोला नेपाली तारा ३ को दोस्रो चरणबाट ४० जना छनौट, विजेताले मोटरसाइकल र साढेदुई लाख पाउने
कोका–कोला नेपाली तारा ३ को दोस्रो चरणबाट ४० जना छनौट, विजेताले मोटरसाइकल र साढेदुई लाख पाउने

काठमाडौं। कोका–कोला नेपाली तारा ३ को दोस्रो चरणबाट ४० जना छानिएका छन्। कूल दुईसय ३४ प्रतिस्पर्धि भएपनि ४० जना मात्रै अघिल्लो चरण प्रवेश गरेका हुन्। यो रियालिटि सो एनसेलसँगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ।

यसमा डिसहोम, शिखर सुको सह–प्रायोजन रहेको छ भने र सोसिएल मिडिया पार्टनर रुपमा मास्टरपीस र म्युजिक पार्टनरको रुपमा रोयल स्ट्याग मेगा म्युजिक रहेको छ। जियोनि मोबाइल कोका–कोला नेपाली तारा ३ कोआधिकारीक मोबाइल पार्टनर हो। कोका–कोला नेपाली तारा ३ को अडिसन २ सेप्टेम्बर २०१४ धरानबाट सुरु भएको थियो।

Tata
GBIME
Nepal Life

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकलका साथै दुईलाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै अन्तिम १० प्रतियोगीहरुले पनि ११ हजार रुपैयाँ पाउने छन्।

कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउने कम्पनीले जनाएको छ। दर्शकहरुको सुविधालाई ध्यानमा राखेर कोका–कोला नेपाली तारा ३ को सम्पूर्ण श्रृखंलाहरु टिएचटी लाइभको युट्यूव च्यानलमा अपलोड गरिएको पनि कम्पनीको भनाइ छ।