काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले पनि सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांस र १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको विहिवार बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन भएपछि लाभांस दिने निर्णय गरेको हो ।
बैंकले यो वर्ष एक अर्ब १६ करोड रुपैयाँ मुनाफा गरेको थियो । बैंकले अघिल्लो वर्ष सेयरधनीलाई ५० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले गतवर्षभन्दा पाँच करोडले मुनाफा बढाएको थियो । बैंकसँग एक अर्ब ६१ करोड रुपैयाँको चुक्ता पुँजी छ । चार्टड बैंकमा स्ट्याण्डर्ड चार्टड गिन्डलेज बैंक सिड्नीको ५० प्रतिशत, चार्टड बैंक लण्डन बेलायतको २५ प्रतिशत सेयरलगानी छ भने बाँकी सेयर सर्वसाधरणको छ ।