BIZMANDU
www.bizmandu.com

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा शेरबहादुर बुढा, खुला प्रतिस्पर्धाबाट छानिए

२०७१ कात्तिक ११

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा शेरबहादुर बुढा, खुला प्रतिस्पर्धाबाट छानिए
साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा शेरबहादुर बुढा, खुला प्रतिस्पर्धाबाट छानिए

काठमाडौं । साझा यातायात संचालक समितिले शेरबहादुर बुढालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । मेकानिकल इन्जिनियर बुढालाई कात्तिक १ गतेदेखि लागु हुनेगरी संस्थाको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको हो ।

साझा यातायातले खुला प्रतिस्पर्धाबाट सिइओ चयन गरेको हो । यातायातले भदौ २४ गते विज्ञापन प्रकाशन गरी सिइओको दरखास्त आव्हान गरेको थियो।
दैलेख वाँसी गाविस ५ स्थायी घर भएका बुढाले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । सडक विभागमा १४ वर्ष सेवा गरी स्वेच्छिक अवकाश लिएका हुन् ।

Tata
GBIME
Nepal Life

साझाले बुढालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेपनि यस अघि भने कार्यकारी अधिकृतको मात्रै नियुक्त गर्ने गरेको थियो । साझामा पदमलाल महर्जनले १ वर्ष कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए।

साझा यातायातको स्थापना सन् १९६१ मा भएको थियो। सुरुमा काठमाडौं उपत्यकामा मात्रै यातायात सेवा सुरु गरेको साझाले पछि देशका विभिन्न स्थानमा सेवा विस्तार गरेको थियो । लामो समयसम्म बन्द भएको साझा बस डेढ वर्ष अघिबाट फेरि सुरु भएको हो । अहिले काठमाडौं उपत्यकामा १६ वटा बसमार्फत साझाले यातायात सेवा दिँदै आएको छ । साझाले अहिले लगनखेलदेखि नयाँ बसपार्कसम्म र कलंकीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सेवा दिँदै आएको छ।