काठमाडौं । भर्खरै दशैं र तिहार सकिएको छ । दशैं र तिहार खर्च गरिने चाड मात्र नभएर आम्दानी हुने चाड पनि हो । अग्रज तथा मान्नु पर्ने व्यक्तिहरुलाई दक्षिणा दिने यो पर्वमा बालबालिकाले पनि आफन्तहरुबाट पैसा पाउछन ।
.jpg)
चार्डपर्वको मौसम कात्तिकसम्म चल्छ, यो समय बजारमा अन्य समयभन्दा बढि चहल पहल हुन्छ । यस्ता चहल पहलले बालिबालिकालाई आकर्षित नगर्ने कुरै भएन । यस्तोमा बालबालिका बढि खर्चालु हुन सक्दछन । बालबलिकाले दशैंमा गरेको आम्दानीलाई सही प्रयोगमा ल्याउन सकिएन भने उनीहरुले पाएका सबै रकम खर्च गर्न सक्छन ।
यस्ता रकम उनीहरुकै भविष्य निर्माणको लागि सघाउन सकिन्छ । कतिपय अभिभावक यसरी बालबालिकाले पाउने पैसाको सदुपयोग गर्न पनि रुचाउछन तर कसरी अलमल परेका हुन सक्छन ।
उनीहरुका लागि बजारमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतले ल्याएका बालबालिका केन्द्रित बिभिन्न योजनाहरु सहयोगी हुन सक्छन । बीमा रकम चुक्ता गर्ने समय कतिपयलाई बोझलो लाग्ने गरेको पनि पाइन्छ, यस्ता अविभावकले समेत दशैंपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाउन सक्छन । यसले गर्दा बालबलिकाले पाएको रकम समेत सदुपयोग हुन सक्छ ।
बीमा गर्न ठुलै रकम चाहिन्छ भन्ने छैन । अहिले बजारमा रहेका बीमा योजनामध्ये धेरै जसो कम्पनीले कुल ५० हजार रकमदेखि ५० लाखसम्मको बीमा योजना ल्याएका छन । एउटा उदाहरण लिउ, नेशनल लाइफ इन्स्योरेन्सले केही समय यता बाल अमृत सावधिक जीवन बीमा (१) योजना सञ्चालनमा ल्याएको छ ।
यो योजनामा पनि कुल बीमा रकम न्युनत्तम ५० हजार रुपैयाँ रहन सक्ने व्यवस्था छ । कुल बीमा रकम ५० हजार रहने गरि यो योजनामा सहभागी हुन चहानेले बर्षको तीन हजार ५ सय ५२ रुपैयाँ तिरे पुग्ने नेशनल लाइफ इन्स्योरेनसका डेभलपमेन्ट अफिसर जयराम धिताल बताउछन ।
मानौं, १५ बर्ष अवधिको बीमा गराउन आउने बच्चाको उमेर पाँच बर्षको छ । बीमा कम्पनीले यो उमेरको बच्चाको यो अवधिको लागि ६८.८२ रुपैयाँ ट्यारिफ (बेसिक प्रिमियम रेट) तोकेको छ, अब अविभावक मानौं, ३० बर्षका छन, उनको ट्यारिफ ४.२२ रुपैयाँ हुन्छ, धितालले उदाहरणबाट सम्झाउदै भने । अब बच्चा र अविभावक दुवैको गरेर ट्यारिफ ७३.०४ हुन्छ । कुल बीमा रकम ५० हजारमा ५० ओटा हजार हुन्छ । त्यसैले दुवैको जोड ट्यारिफलाई ५० ( ५० हजारको एक हजारले भाग) ले गुणान गरौं भने बार्षिक बीमा शुल्क निष्कन्छ । यो रकम तीन हजार पाँच सय ५२ रुपैयाँ बार्षिक शुल्क हो, धितालले स्पष्ट पारे ।
बीमा योजनामा सहभागी हुँदा बचत गर्न नसकिरहेकाहरुको पनि अनिवार्य रुपमा बचत हुन जान्छ । कम्पनीले दिने तोकिएको बार्षिक बोनसदर पनि निश्चित अवधि पछि पाइने हुन्छ । कम्पनीहरुले यस्ता योजनामा अविभावकलाई पनि समावेश गरिने हुँदा अविभावकको मृत्युपछि पनि यी योजनाबाट बालबच्चालाई आर्थिक सहयोग हुने गर्दछ ।
अघि कै नेशनल लाइफको बाल अमृत सावधिक जीवन बीमा (१) योजनाको उदाहरण लिउ। यो योजनामा एक बच्चासंगै प्रस्तवकको रुपमा एक अविभावक पनि समावेश गरिन्छ । बच्चाको उमेर एक बर्ष देखि १५ बर्षको हुनु पर्दछ । प्रस्तावकको उमेर २० बर्षदेखि ५० बर्षको हुनु पर्दछ । बीमा योजनाको अवधि न्युनतम छ बर्ष देखि अधिकत्तम २० बर्ष राख्न सकिने छ । त्यस्तै, बीमाको भुक्तानी मासिक, चौमासिक, अद्र्धबार्षिक र बार्षिक जुन अवधि सजिलो लाग्छ त्यही अनुसार राख्न सकिन्छ ।
बच्चाको जोखिम बहन भने बीमा योजना शुरु भएको दुई बर्षपछि मात्र हुनेछ । अर्थात् यदी बच्चाको बीमा योजना शुरु भएको दुई बर्षअघि नै मृत्यु भएमा त्यो अवधिसम्म तिरेको बीमा शुल्क र निश्चित व्याजदर (३ प्रतिशत तोकिएको छ) थपेर रकम फिर्ता हुन्छ । तर दुई बर्षपछि मुत्यु भएमा तिरेको बीमा शुल्क र तोकिएको बोनस दर दिइन्छ र योजना खारेज हुन्छ ।
प्रस्तावक अविभावक भने बीमा शुरु गर्नासाथ बितेमा पनि जोखिम वहन हुन थाल्छ । यसरी बीमा शुरु गरेपछि मृत्यु भएमा बाँकी प्रिमियम तिर्नुपर्दैन भने बीमा योजनाले पनि निरन्तरता पाउँछ । यसरी बीमा योजनाको अवधि १५ बर्षको छ भने १३ औं र १४ औं बर्षमा परिवारले २५ प्रतिशतको दरले बीमांक रकम (बीमा गरिएको रकम) फिर्ता पाउँछ । १५ बर्ष पुगेपछि बाँकी ५० प्रतिशत रकम पनि पुरा पाउँछ र १५ बर्षसम्म हुने सम्पुर्ण बोनस रकम पनि पाउँछ ।
जहिले पनि बीमा गर्दा भने कम्पनीहरुको योजनाको तुलना गर्न भने बिर्सनु हुदैन । कतिपय कम्पनीले आफुले दिने सुविधामा थप गरेका हुन्छ वा योजनाका थप बिशेषताहरु हुन्छन ।
कम्पनी |
योजनाको नाम |
बच्चाको उमेर (बर्ष) |
अविभावकको उमेर |
कुल बीमा रकम |
योजना अवधि |
जोखिम बहन |
बीमा समितिमा पेश भए अनुसारको बोनस दर (प्रतिहजार) |
थप बिशेषता
|
नेपाल लाइफ |
केटाकेटी जीवन बीमा |
० देखि ११ |
|
१ लाख देखि १० लाख |
बच्चा १९ बर्ष भएसंगै |
बच्चाको उमेर ७ बर्ष मुनी भए ७ बर्ष पुगेपछि एवम रितले |
६५ देखि ८२ रुपैयाँ |
|
नेशनल लाइफ |
बाल अमृत |
१ देखि १५ |
२० देखि ५० |
५० हजार देखि २५ लाख |
६ देखि २० बर्ष |
बच्चा छ बर्ष भएपछि वा योजना दुई बर्ष पुरा भएपछि |
६० देखि ७५ रुपैयाँ |
|
एशियन लाइफ
|
एशियन चाइल्ड इन्डोवमेन्ट |
०देखि १० |
|
५० हजारदेखि १० लाख |
अधिकत्तम १८ बर्ष |
बच्चा छ बर्ष भएपछि वा योजना दुई बर्ष पुरा भएपछि |
३५ रुपैयाँ |
बीमा शुल्क २ लाख ५१ हजार देखि ५ लाखसम्मको भए बेसिक प्रिमियम रेटमा १ रुपैया छुट सोभन्दा माथी २ रुपैयाँ । बार्षिक भुक्तानीमा २ प्रतिशत अद्र्धबार्षिकमा १ प्रतिशत छुट |
गुराँस लाइफ |
गुराँस बाल सुरक्षा जीवन बीमा |
०देखि १५ |
|
न्युनतम ५० हजार |
५ देखि ३० बर्ष |
|
३३ देखि ४८ रुपैयाँ |
मासिक शैक्षिक लाभ |
सुर्या लाइफ |
सुर्या मनि ब्याक प्लान फर चिल्ड्रेन |
०देखि १५ |
|
५० हजारदेखि २० लाख |
१६ देखि ३० बर्ष |
बच्चा छ बर्ष भएपछि वा योजना दुई बर्ष पुरा भएपछि । बच्चा १५ बष भएपछि योजनामा सहभागी भएका एक बर्ष पछि मात्र |
३० देखि ५० रुपैयाँ |
बीमा शुल्क २ लाख ५१ हजार देखि ५ लाखसम्मको भए बेसिक प्रिमियम रेटमा १ रुपैया छुट सोभन्दा माथी २ रुपैयाँ ।
बार्षिक भुक्तानीमा २ प्रतिशत अद्र्धबार्षिकमा १ प्रतिशत छुट
|