BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्टको ४० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने पाँच अर्ब पुग्यो, पुँजी आधार बलियो

२०७१ कात्तिक ५

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। मंगलबार सम्पन्न बैंकको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

Tata
GBIME
Nepal Life

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी चार अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यस्तै बैंकको पुँजीको आधार पनि सात अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। योसँगै बैंकले पुँजीको आधार बलियो भएको निजी क्षेत्रको सबैभन्दा ठुलो बनेको दावीसमेत गरेको छ।

बैंकले आर्थकि वर्ष २०७०/०७१ मा तीन अर्ब १६ करोड सञ्चालन मुनाफा गरेकझ छ। अघिल्लो आवमा बैंकले तीन अर्ब १० करोड सञ्चालन मुनाफा गरेको थियो।

बैंकले गत आवमा ७३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। बैंकले देशभरका ४४ शाखा तथा ८३ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको जनाएको छ।