BIZMANDU
www.bizmandu.com

लगानीकर्तालाई तिहारको शुभ समाचार, अन्तिम दिन करिब पाँच अंकले बढ्यो बजार

२०७१ कात्तिक ५

लगानीकर्तालाई तिहारको शुभ समाचार, अन्तिम दिन करिब पाँच अंकले बढ्यो बजार
लगानीकर्तालाई तिहारको शुभ समाचार, अन्तिम दिन करिब पाँच अंकले बढ्यो बजार

काठमाडौं। तिहार बिदा अघिको अन्तिम दिन सेयर बजार सुचक नेप्से करिब पाँच अंकले बढेको छ । अन्तिम आधा घण्टाको कारोबारमा नेप्से परिसूचक उकालो लगेको हो । नेप्से परिसूचक बढेर ९२८ बिन्दु आसपासमा आइपुगेको छ ।  
 
सबै समूहको परिसूचकमा सुधार भएपछि बजार बढेको हो । बीमा, जलविद्युत् र होटेल समूहको परिसूचक उच्च अंकले बढेको छ । तिहार सकिएपछि बजार बढ्छ भन्ने मनोविज्ञान बढेकोले नेप्सेमा सुधार देखिएको हो । 

करिब २५ करोड रुपैयाँको सेयर यस दिन किनबेच भएको छ । माछापुच्र्छे, लक्ष्मी, ग्राण्ड बैंक , नेपाल लाइफ, नेशनल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ लगायतका कम्पनीको धेरै रकमको कारोबार भएको छ। तर कुनै कम्पनीको पनि दुई करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छैन । लाभांश लिने समय बाँकी भएका वा घोषणा हुन बाँकी रहेका कम्पनीहरुको कारोबार बढेको देखिन्छ। 
 
बोनस सेयर समायोजनपछि पनि कुमारी बैंकको सेयर मूल्य सात रुपैयाँले बढेको छ । मंगलवार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको बैंकको बोनस सेयर समायोजनपछि मूल्य ४२९ कायम गरिएको थियो । तर करोबारको क्रममा मूल्य थप सात रुपैयाँले बढेर ४३६ रुपैयाँ पुगेको छ । 

Tata
GBIME
Nepal Life

मूल्य बढ्नेमा बीमा कम्पनी, वाणिज्य बैंक, लघुवित्त कम्पनीको बाहल्यता रहेको छ । एक सय २७ कम्पनीको सेयर करोबार भएकोमा ७२ कम्पनीको सेयर मूल्य बढेको छ । ४३ कम्पनीको भने सेयर मूल्य घटेको छ। एडी रेसियोको आधारमा हेर्दा बजार बुलिश प्रवृत्ति मै रहेको छ । अधिंकाश कम्पनीको सेयर मूल्य दुई देखि नौं प्रतिशतसम्म बढेको छ । घट्ने धेरै कम्पनीको मूल्य दुई प्रतिशतभन्दा कमले परिर्वतन भएको छ ।

युनाइटेड फाइनान्सको बोनस सेयरको दर बढेको छ । यसअघिको कम्पनीको बैठकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा सच्चयाएर १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।