BIZMANDU
www.bizmandu.com

दुई थरी सिलिन्डर कात्तिकदेखि सञ्चालनमा ल्याउने आयल निगमको तयारी

२०६९ भदौ २८

दुई थरी सिलिन्डर कात्तिकदेखि सञ्चालनमा ल्याउने आयल निगमको तयारी
दुई थरी सिलिन्डर कात्तिकदेखि सञ्चालनमा ल्याउने आयल निगमको तयारी


काठमाडौं । उद्योगीको विरोधका कारण रोकिएको दुईथरी सिलिन्डर कात्तिकदेखि कार्यान्यनमा ल्याउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ बढ्दै गएपछि घाटा थेग्न नसक्ने निष्कर्ष निकाल्दै आयल निगमले कात्तिकदेखि कार्यान्वयनमा ल्याउने जनाएको छ ।
 निगमले विहिवार सूचना जारी गर्दै उद्योगीलाई निलो रंगको सिलिन्डर किन्न आग्रह गरेको छ । सरकारले औद्योगिक प्रयोजनको लागि निलो रंग र घरायसी प्रयोजनका लागि रातो रंगको सिलिन्डरमा बिक्री वितरण गर्न निर्देशन दिएको छ । घरायसी प्रयोजनका उपभोक्तालाई नजिकको बिक्रेताबाट ग्यास कार्ड लिन निगमले आग्रह गरेको छ । ग्यास कार्ड नलिएका उपभोक्ताले ग्यास नपाउने भन्दै यस्तो आग्रह गरेको हो । कात्तिकदेखि दुई थरी सिलिन्डर कार्यान्वयनमा आएपछि औद्योगिक प्रयोजनका लागि परल मूल्यमा ग्यास किन्नुपर्नेछ । अहिले निगमलाई ग्यास एक सिलिन्डरमा ३ सय ६३ रुपैयाँ घाटा छ भने अक्टोबरमा निगमलाई एक सिलिन्डरमा ६ सय भन्दा बढी घाटा हुने प्रक्षेपण गरिसकिएको छ ।

Tata
GBIME
NLIC