BIZMANDU
www.bizmandu.com

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै झुर विमानस्थलको सूचीमा, बाथरुम झन् खत्तम

२०७१ कात्तिक ४

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै झुर विमानस्थलको सूचीमा, बाथरुम झन् खत्तम
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै झुर विमानस्थलको सूचीमा, बाथरुम झन् खत्तम

विश्वका खराब विमानस्थलहरुको सूचीमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि परेको छ  ट्राभल वेबसाइट 'द गाइड टु स्लिपिङ इन एयरपोर्टस्'ले गरेको सर्भे अनुसार विश्वकै खराब विमानस्थलमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ ।

Tata
GBIME
Nepal Life

सो साइटले विश्वका खराब र उत्कृष्ट विमानस्थलहरुकोबारे तयार पारेको सूचीमा बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल, इस्लामावाद, पाकिस्तान पहिलो स्थानमा छ । यहाँबाट यात्रा गर्ने यात्रुहरुले यो विमानस्थल जेल जस्तै भएको प्रतिक्रिया दिएका थिए ।  

खराव विमानस्थलहरुमा धेरैजसो एशिया क्षेत्रका परेका छन् । सूचीमा परेका विमानस्थलबाट यात्रा गर्ने यात्रुहरुसँग मुख्य चारवटा विषयमा प्रश्न सोधिएको थियो । विमानस्थल कति आरामदायी थियो, सुलभ कस्तो थियो , सफा कत्तिको थियो र कस्टुमर सर्भिस कस्तो थियो भन्ने प्रश्न सोधिएको थियो । यात्रुले दिएको जवाफको आधारमा  वेबसाइटले खराव र उत्कृष्ट एयरपोर्टको सूची तयार पारेको थियो ।

यो साइटले १८ वर्षदेखि प्रत्येक वर्ष विश्वका विभिन्न विमानस्थलहरुको अवस्थाको सर्भे गर्ने गर्छ ।

गत वर्ष मनिलाको एयरपोर्ट सबै भन्दा खराव एयरपोर्टको सूचीमा पहिलो स्थानमा थियो । तर अहिले सो विमानस्थल आफूलाई सुधार गरेर चौथो स्थानमा झरेको छ । यो पटक त्यहाँबाट यात्रा गर्ने यात्रुहरुले टर्मिनल तेस्रो खुलेपछि सुधार भएको प्रतिक्रिया दिएका थिए ।

यसैगरी यात्रुहरुले त्रिभुवन बिमानस्थल बस स्टेसनभन्दा पनि खत्तम रहेको प्रतिक्रिया दिएका थिए । बाथरुम ट्वाइलेट निकै फोहोर हुने,  एयर कन्डिसन नभएको,  अरु यात्रु सँगै बसेर चुरोट पिउनुपर्ने बाध्यता रहेको, जहाज कुर्दा सुत्ने व्यवस्थित ठाउँ नभएको लगायतका विषयमा प्रतिक्रिया दिएका थिए । यही कारणले काठमाडौं विमानस्थल एशिया क्षेत्रमै त्स्रो झुर एयरपोर्टको सूचीमा समेत परेको हो ।

यसैगरी उत्कृष्ट विमानस्थलको सूचीमा सिंगापुरको चाङ्गी एयरपोर्ट परेको छ । यो विमानस्थलमा स्पा, स्वीमिङ पुल, सिनेमा हल र जिमखानाको सुबिधा छ । सो साइटले सर्वेक्षण सुरु गरेदेखि अहिलेसम्म सिंगापुर एयरपोर्ट उत्कृष्ट एयरपोर्टको पहिलो नम्बरमा रहँदै आएको छ ।
  
विश्वका खराब अन्तर्राष्ट्रिय विमानस्थलहरु

१. बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल, इस्लामावाद, पाकिस्तान
२. किङ अब्दूल अजिज अन्तर्राष्ट्रिय विमानस्थल, जेद्दा, साउदी अरेविया
३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं, नेपाल
४. मनिला निन्यो अक्विनो अन्तर्राष्ट्रिय विमानस्थल, फिलिपिन्स
५. तास्केन्ट अन्तर्राष्ट्रिय विमानस्थल, उज्वेकिस्तान
६. पेरिस व्युभायस-टिल्ले एयरपोर्ट, फ्रान्स
७. फ्र्याङ्कफर्ट हाँ एयरपोर्ट, जर्मनी
८. बर्गामो ओरियो अल सेरियो एयरपोर्ट इटली
९ .तेगेल एयरपोर्ट बर्लिन् जर्मनी
१०. ला गार्डिया एयरपोर्ट, न्यूयोर्क सिटी
 
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय विमानस्थलहरु
१. चाङ्गी एयरपोर्ट, सिंगापोर
२. इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिण कोरिया
३. हेल्सिन्की एयरपोर्ट, फिन्ल्यान्ड
४. म्युनिख एयरपोर्ट,  जर्मनी
५. भान्कुवर अन्तर्राष्ट्रिय विमानस्थल क्यानडा
६. क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल मलेसिया
७. हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, हङकङ
८. टोक्यो हानेडा अन्तर्राष्ट्रिय विमानस्थल,  जापान
९. स्चिफोल आमस्टरडम, नेदरल्यान्ड
१०. जुरिच एयरपोर्ट, स्विटजरल्यान्ड