BIZMANDU
www.bizmandu.com

बाणिज्य बैंकमा साता दिनमै १४ अर्ब निक्षेप थपियो, ऋण लगानी ठप्पजस्तै, कुल निक्षेप १२३२ अर्ब

२०७१ कात्तिक ३

काठमाडौं । बाणिज्य बैंकहरुमा एक सातामै १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । कर्जा लगानी भने फिटिक्कै नभएको राष्ट्र बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life


 

सञ्चालनमा रहेका ३० वटा बाणिज्य बैंकसँग एक साताअघि सम्म मात्र १२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक सातापछि नै यो बढेर १२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । 
 
बैंकहरुको यसमध्ये विदेशी मुद्रा वापतको निक्षेप तीन अर्बले वढेर ९१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी भने दुई सातायता वढेको छैन । कर्जा नौं खर्ब ५५ अर्ब रुपैयाँमा सीमित छ ।