BIZMANDU
www.bizmandu.com

बीमा समूहले उचाल्यो नेप्से, सबै समूहगत सुचकमा सुधार, कारोबार रकम बढेर २९ करोड पुग्यो

२०७१ असोज २९

बीमा समूहले उचाल्यो नेप्से, सबै समूहगत सुचकमा सुधार, कारोबार रकम बढेर २९ करोड पुग्यो
बीमा समूहले उचाल्यो नेप्से, सबै समूहगत सुचकमा सुधार, कारोबार रकम बढेर २९ करोड पुग्यो

काठमाडौं। बीमा समूहमा आएको सुधारले बुधवार नेप्से परिसूचक उचालेको छ। पूँजी वृद्धि गरेर नयाँ बीमा कम्पनी खोल्न अनुमती दिन सकिने सम्भावना बीमा समीतीले देखाएपछि यो समूहको परिसूचक बढेको हो।

नयाँ आउने जीवन बीमा कम्पनीको लागि दुई अर्ब र निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब चुक्तापूँजी तोक्न सकिने बीमा समितिको भनाई रहेको छ। यसले हाल सञ्चालनमा रहेका बीमा कम्पनीको पनि कुनै न कुनै समय चुक्तापूँजी वृद्धि गर्नु पर्ने अवस्था आउने आशमा लगानीकर्ता रहेका छन। हाल भने समितिमा नयाँ कम्पनीलाई अनुमती दिने बिषयमा छलफल चलिरहको हो।

Tata
GBIME
Nepal Life

बीमाको सुचक ११५ अंक सम्म बढेको थियो। बजार बन्द हुँदा भने वृद्धि ८७ अंकमा सिमित भयो। सबै समूहको सुचकमा सुधार भएपछि नेप्से ११.२८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै नेप्से परिसूचक सुधारको दिशामा देखिएको थियो। कारोबारमा आएका दुई बाहेक सबै बीमा कम्पनीको सेयर मूल्य बढेको छ। नेको इन्स्योरेन्सको मूल्य स्थिर रह्यो भने प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य घटेको छ। 
 

यस दिन कारोबार रकम पनि बढेर २९ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो दिन निकै कम कम्पनीको मात्र सेयर मूल्य घटेको छ। यस दिन एक सय ३६ कम्पनीको सेयर कारोबार भएकोमा २८ कम्पनीको मात्र मूल्य घटेको छ। मूल्य घटेका मध्ये १० बाहेक सबैको दुई प्रतिशतभन्दा मूल्य तल ओर्लिएको छ। 

स्वरोजगार लघुवित्त बिकास बैंकको कात्तिक पाँच देखि बुक क्लोज हुने भएको छ। बैंकले दिन लागेको २० प्रतिशत नगद तथा २७.३९ प्रतिशत बोनस सेयर प्राप्त गर्न कात्तिक चार गतेसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ। 

बिकास बैंक समूहका केही कम्पनीहरु धेरै मूल्य बढ्नेमा दरिए। समूगत आधारमा भने बीमा पछि बैंङ्किङ समूह, वित्त कम्पनी, होटेल समूह, बिकास समूह, उत्पादन मुलक समूहको वृद्धिदर क्रमिक रुपमा रहेको छ।