बिजमाण्डू सम्पादक
सरोज काफ्ले र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलिले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरे। सम्पादक काफ्लेले बाढी पीडितलाई सहयोग पुगोस भन्ने उद्देश्यले बिजमाण्डू र पहिलोपोस्ट अनलाइनको सहयोगमा ई–सेवामार्फत आब्हान गरेर रकम संकलन गरेको जानकारी प्रधानमन्त्रीलाई दिए। यो रकमले बाढी पीडितको उद्धारलाई सहयोग पुग्ने विश्वास उनको छ।ई–सेवा अनलाईन पेमेन्ट सिस्टम हो। अनलाईन मार्फत इच्छा अनुसारको रकम बाढीपीडितलाई सहयोग गर्न यो संस्थाले अपील गरेको थियो। छ सय ६५ सय जनाले यो कोषमा एक लाख १४ हजार सात सय ५७ रुपैसा जम्मा गरेका थिए। जम्मा भएको यो रकममा ई–सेवा, बिजमाण्डू, मेरो संसार र पहिलोपोस्टले रकम थपेर एक लाख ५१ हजार एक सय ११ रुपैयाँ उद्धार कोषलाई हस्तान्तरण गरेको हो।
ई–सेवामार्फत निताले २० हजार रुपैयाँ, मोहन केसीले १० हजार, ग्यानी भट्टराईले पाँच हजार एक रुपैयाँ र सानुकाजी खत्रीले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोग गर्नेहरुको सूची यहाँ उपलब्ध छ ।