BIZMANDU
www.bizmandu.com

अख्तियारले प्रमाणपत्र छानविन थालेपछि नेपाल एअरलाइन्सका अध्यक्षको राजिनामा

२०६९ भदौ २७

अख्तियारले प्रमाणपत्र छानविन थालेपछि नेपाल एअरलाइन्सका अध्यक्षको राजिनामा
अख्तियारले प्रमाणपत्र छानविन थालेपछि नेपाल एअरलाइन्सका अध्यक्षको राजिनामा

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरेपछि नेपाल वायु सेवा निगमका अध्यक्ष तथा महाप्रवन्धक मनरुप शाहीले राजीनामा दिएका छन् ।
उनले आइतबारनै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोस्टबहादुर बोगटीलाई राजीनामा बुझाएका थिए । शाहीले नक्कली प्रमाणपत्र पेस गरेको उजुरी आयोगमा परेपछि सक्कली प्रमाणपत्र बुझाउन निर्देशन दिएको थियो । तर उनले सक्कली प्रमाणपत्र पेस गर्न नसकेपछि राजीनामा दिन बाध्य भएको स्रोतले बतायो ।
निगम अध्यक्ष हुन कुनै विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने वा हवाई उड्डयन क्षेत्रमा एक दशक लामो अनुभव भएको हुनुपर्ने प्रावधान छ । कार्यकारी अध्यक्ष नियुक्त हुँदा शाहीले पर्यटन मन्त्रालयमा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा भारतको बहराइज विश्वविद्यालयबाट स्नातक गरेको पेस गरेका थिए ।

Tata
GBIME
Nepal Life