BIZMANDU
www.bizmandu.com

भारतीय सेयर बजारको सबैभन्दा ठुलो कारवाही, कम्पनीलाई रोक्का, सञ्चालकहरुलाई तीन बर्ष प्रतिबन्ध

२०७१ असोज २८

Tata
GBIME
Nepal Life
मुम्बई। भारतीय सेयर बजार नियामक ‘भारतीय प्रतिभुति औंर विनिमय बोर्ड’ (सेबी)ले रियल इस्टेट क्षेत्रको एक प्रमूख कम्पनी डीएलएफ विल्डिङ कम्पनीलाई रोक्का गरेको छ । सेबीले यसका छ सञ्चालकलाई पनि तीन बर्षसम्म सेयर बजारमा कारोबार गर्न नपाउने कारवाही गरेको छ । यो सम्भवतः भारतीय सेयर बजारको इतिहासमा सबैभन्दा ठुलो मुद्दा र ठुलो कारवाही भएको मानिएको छ । 
कम्पनीका अध्यक्ष कुशल पल सिंह, राजिव सिंह, टीसी गोयल, पिया सिंह, कमेशवर स्वरुप र रमेश संकलाई कारवाही स्वरुप तीन बर्षसम्म सेयर कारोबार गर्न रोक्का गरिएको हो । 
धोकाधडी गरेको, जालसाँजी कारोबार गरेको र कम्पनीको प्राथमिक सेयर निष्कासनमा 
गलत मनशायले महत्वपूर्ण सुचना लुकाएको भन्दै कारवाही 

गरेको हो । कम्पनीले सन् २००७ मा २.३ अर्ब डलरको प्राथमिक सेयर निष्कासन गरेको थियो । त्यतिखेर भारतकै सबैभन्दा धेरै रकमको प्राथमिक निष्कासन गर्ने कम्पनीको रुपमा डीएलएफ थियो ।  
 
डीएलएफको सहायक कम्पनी सुदिप्ती, शालिखा र फेलिसिटको सेयर नामसारीको क्रममा जालसाँजी कारोबार गरिएको सेबीले उल्लेख गरेको छ । यी तीन सहायक कम्पनीको कारोबारको क्रममा डीएलएफको आबद्धता लुकाउन खोजिएको सेबीले उल्लेख गरेको सञ्चारमाध्यमले बताएका छन । सुदिप्ती माथी एफआइआर (कानुनी कारवाही) चलेको बिषय पनि कम्पनीले लुकाएको आरोप छ । यो कम्पनीले गरेको गलत अभ्यास सार्वजनिक भएसंगै रियल सेक्टरका कम्पनीमा लगानीकर्ताको विश्वास गुम्न सक्ने र मूल्य घट्ने सम्भावना विज्ञहरुले जनाएका छन । 
 
धेरै समय अघिदेखि बजार प्रभावित बनाउने ठुला खेलाडीहरुको गतिविधी नियन्त्रण गर्न नसकेको भन्दै आलोचित भइरहेको सेबीको पछिल्लो कदमले केही गर्न खोजेको देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले समेत उल्लेख गरेको छ ।