काठमाडौं । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको बुधबार बिहान निधन भएको छ । शिक्षण अस्पतालमा उपचाररत सिंहको बिहान ६ बजे मृत्यु भएको हो । सिंह राष्ट्रपति चुनावमा माओवादीकातर्फबाट उम्मेदवार थिए । ७७ वर्षीय सिंह मृगौला र हाड तथा नसासम्बन्धी रोगबाट पीडित थिए । सप्तरी निवासी सिंह अस्वास्थ्य भएपछि भदौ १७ गते शिक्षण अस्पताल भर्ना भएका थिए ।