BIZMANDU
www.bizmandu.com

बोटलर्स बालाजुको सेयर मूल्य झर्यो, तराईको बढ्यो, दुई इन्सुरेन्सको वृद्धि रोकिएन

२०६९ भदौ २६

काठमाडौं । आक्कल झुक्कल मात्र कारोवार हुने कोकाकोलाको नेपाली उत्पादक बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)को मंगलावर नेपाल स्टकमा कारोवार भयो । दुई कारोवारमध्ये बोटलर्स बालाजुको सेयर मूल्य १० रुपैयाँले तल झरेर १६८० रुपैयाँमा कारोवार भयो भने बोटलर्स तराईको सेयर मूल्य १८ रुपैयाँले माथि चढेर १०१८ रुपैयाँमा कारोवार भयो । बोटलर्सको सेयर नेपालमा सिमित व्याक्तिसँग मात्रै भएकाले कम कारोवार हुन्छ ।
मंगलवार कहिले काहीं कारोवार हुने नागरिक लगानी कोषको समेत कारोवार भयो । सोमवार पनि यो कम्पनीको ५० रुपैयाँ सेयर मूल्य बढेर कारोवार भएको थियो भने मंगलवार पनि २६ रुपैयाँले बढेर ७०३ रुपैयाँमा कारोवार भयो ।
मंगलवार पनि दुई इन्सुरेन्स कम्पनीको सेयर मूल्इमा ठूलो वृद्धि भयो । सुरुवाती कारोवारमा ओरालो लागेको नेपाल लाइफ इन्सुरेन्स र लाइफ इन्सुरेन्सको सेयर मूल्य बजार बन्द हुँदा ठूलो वृद्धिका साथ बन्द भयो ।
नेपाल लाइफ इन्सुरेन्स मंगलवार पनि ७३ रुपैयाँले बढेर १२८५ रुपैयाँमा कारोवार भयो । यो कम्पनीको केही कारोवार १११५ रुपैयाँमा पनि भएको थियो ।
लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ४३ रुपैयाँले बढेर ११८३ मा कारोवार भयो । केही दिनदेखि लगातार ठूलो वृद्धि भैरहेको यो कम्पनीको सुरुवाती केही कारोवार १०७८ सम्म पनि भएको थियो ।

Tata
GBIME
NLIC