BIZMANDU
www.bizmandu.com

तीन वर्षमा १० एअरक्राफ्ट जोड्ने मेरो महत्वाकांक्षी योजना (भवन भट्टसँगको अर्न्तवार्ता)

२०६९ भदौ २६

तीन वर्षमा १० एअरक्राफ्ट जोड्ने मेरो महत्वाकांक्षी योजना (भवन भट्टसँगको अर्न्तवार्ता)
तीन वर्षमा १० एअरक्राफ्ट जोड्ने मेरो महत्वाकांक्षी योजना (भवन भट्टसँगको अर्न्तवार्ता)


दश वर्ष अघि गोरखाका भवन भट्ट विद्यार्थीका रुपमा नेपाल एअरलाइन्सको विमानबाट काठमाडौं–साँघाईहुँदै जापानको ओशाका पुगेका थिए, अबको एकाध महिनापछि उनै भवन जापानको टोक्योबाट आफ्नै विमान कम्पनी बीबी एअरवेजहुँदै काठमाडौं आउनेछन् ।  त्यसो त दश वर्षको बीचमा उनले सयौं पटक काठमाडौं–जापान–काठमाडौंको हवाई दुरी नापी सकेका छन्, तर फरक कम्पनी, फरक बाटोबाट । उनी टोक्योबाट–काठमाडौं आउँदा प्रयोग हुने विमानमा नेपालको झण्डा हुनेछ तर त्यो विमान नेपाल वायुसेवा निगमको भने हुनेछैन । किनकी विमान अभावमा निगमको गण्डकी र  कर्णाली नाम गरेको दुई विमानले यो रुटको यात्रामा उहिल्यै ब्रेक लगाइसकेको छ । बीबी एअरवेजको प्रवद्र्धन गर्न काठमाडौं आएका अध्यक्ष भट्टसँग बिजमाण्डूको कुराकानी ।

एअरलाइन्स विजनेश एउटा ‘ट्याक्टिकल’ विजनेश हो, अर्को यो ठूलो पुँजी चाहिने विजनेश पनि हो, नेपाली झण्डाबाहक एअरलाइन्स छैन भन्ने भावनात्मकताले त चल्दैन, तपाईंको रणनीति के हुन्छ ?
– खास भन्ने हो भने प्रत्येक विजनेश, एअरलाइन्स होस् वा नाङ्लो पसल, सबैको एउटै आधार हुन्छ, त्यसमा ग्राहक हुन्छ, त्यसमा प्रडक्ट हुन्छ, त्यसमा म्यानेजमेन्ट हुन्छ । एअरलाइन्स पनि त्यही हो, सानो पसल पनि त्यही । म आफूलाई म्यानेजमेन्टमा स्किलफुल मान्छे ठान्छु, प्रडक्टलाई ह्याण्डल र कस्टमरलाई तान्ने, उचित मान्छे सही ठाउँमा ल्याउनु नै मेरो रणनीति हो ।

Tata
GBIME
Nepal Life

एअरलाइन्स सञ्चालनका लागि ५० करोडको चुक्ता पुँजी सानो रकम होइन र ?
– होइन, यो हाम्रो चार सय करोडको परियोजना हो, कम्पनीको क्यापिटल भनेको सानै हुन्छ ।

चार सय करोड इक्वीटी हो की यसमा ऋण पनि हो ?
– यो ऋण पनि हो, पछि हामीले विभिन्न बण्डहरुबाट लगानी ल्याउँछौं, सापटी दुनियाँ छन्, त्यसबाट चार सय करोड पुर्याउने हो ।

अहिले ५० करोड मात्रै हो ?
– अहिले ५० करोड मात्रै हो । कम्पनी बढ्दै जान्छ, पुँजी पनि ठूलो हुँदै जान्छ, अहिले नै ठूलो पुँजी मात्रै हुँदैन ।

तर तपाईले त यही वर्ष दुईवटा प्लेन ल्याउने लक्ष्य राख्नु भएको छ ?
– हामीले अहिले विमान वेट लिजमा लिएका हौं, अर्को विमान पनि वेट लिजमै ल्याउने हो, अहिले एअरलाइन्स कम्पनीको लाइसेन्स र रजिष्ट्रेशन हाम्रो स्वामित्वमा हुन्छ, बडी हाम्रो स्वामित्वमा हुँदैन ।

तर एअरलाइन्स विजनेश रन गर्न पनि त ठूलै क्यापिटल चाहिन्छ नी ?
– क्यापिटल ठूलो मात्रै गरेर हुँदैन, जस्तो अहिले टिबिआई गु्रप अफ कम्पनी एक हजार करोडको टर्न ओभर गर्छ तर हाम्रो चुक्ता पुँजी त एक करोड मात्रै हो नि ।
अहिले पुँजी कहाँबाट जुटाउनु भएको छ, नेपालबाट कि जापानबाट ?
– अहिले हामीले जापानबाट जुटाइरहेका छौं । मैले महत्वाकांक्षी विचार राखेर यो विजनेशमा आएको छु, तीन वर्ष भित्र १० वटा एअरक्राफ्ट हाम्रो बनाउने लक्ष्य छ । त्यतिवेला स्रोत नेपालबाट पनि जुटाउँछु, जापानबाट पनि जुटाउँछु, त्यति बेला हामी आइपिओमा पनि आउछौं । आइपिओमा आएपछि स्वदेश विदेशबाट लगानी जुटाउन सकिन्छ, अरु लगानीकर्ता थप्न सकिन्छ, मात्र कति हो भने हामीले  कति प्रसितसम्म लिने, कति प्रतिशत अरुलाई दिने ।

गैर आवासिय नेपालीलाई एअरलाइन्समा लगानीका लागि ‘इमोसनल अपिल’ गर्नुभएको छ, प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– हामी नेपाली लगानीका सम्वन्धमा संधै आफूलाई कम स्केलको मात्र सोच्छौं, मैले आव्हान गरेको छु, एनआरएनहरुले राम्रो प्रतिक्रिया जनाएका छन्, एनआरएन पनि आउँछन् होला । यो मेरो वान अफ द प्राजेक्ट नभई वानली वान प्रोजेक्ट हो । राष्ट्रिय ध्वाजाबाहक बाहिर लैजाउँ, यस्तो मौका जीवनमा एक/दुईपटक मात्र आउँछ । सानो लगानी भए पनि त्यसमा माया हुन्छ, लगानीका लागि अपिल गरेको छु, धेरै राम्रो फिडव्याक छ ।

के तपाईं अहिले एअरलाइन्स चलाउनै पर्ने ट्रयापमा पर्नु भा को हो ?
– म ट्रयापमा छैन, तर तपाईंले कुन एंगलबाट, कुन सेन्सबाट यो प्रश्न राख्नुभयो ?

यसमा दुईवटा कुरा छन्, एउटा तपाईको एअरलाइन्सको वेट लिज छ, यसको  अपरेटिङ कस्ट निक्कै महँगो हुँदैछ, अर्को तपाईहरुले चाइनासँग स्काइको पनि समस्या छ ?
– विजनेशमा समस्या हुन्छ, एउटा विजनेशमा हजार मात्रै होइनन्, लाखौं समस्या हुन्छ, त्यो भैरहन्छ, समाधान हुँदै जान्छ, निक्र्यौल हुँदै जान्छ, त्यसलाई ट्रयापमा पारियो भन्नुहुँदैन्, मलाई कसैले गलहत्याएर यो विजनेश नगरी हुँदैन भनेर ल्याएको त होइन् ।

होइन, पछिल्ला दिनमा तपाईका लागि यो प्रेस्टिज इस्यु पनि बन्यो नि ?
– मैले कुनै पनि विजनेश स्टाइल देखाउन गरदिन, ओहो फलानो छ भन्नका लागि, चर्चामा आउनका लागि मन्दिर बनाए भो, मुर्ती बनाए भो, च्यारिटी गरे भो । समस्या सबैलाई पर्छ, विजय माल्यालाई त समस्या पर्यो, हामीले संसारमा देखेका छौं, पानामा एअरलाइन्स विश्वकै प्रसिद्ध विमान कम्पनी थियो, एउटो साना घटनाले पुरै जिरोमा आयो । म नेशनल पानासोनिकका संस्थापक कोनोसुके मात्सुहितालाई आदर्श मान्छु उहाँ भन्नुहुन्थ्यो, राम्रो भएको बेला त्यसै राम्रो हुन्छ,  नराम्रो भएको अवस्थामा अझै राम्रो गर्ने हो, त्यतिवेला विजनेश गर्ने मान्छे खारिएर आउँछ । पिंधमा पुगेपछि त्यहाँभन्दा तल जान सकिन्न, माथि जाने बाहेक अर्को बाटो हुँदैन । मैले यसलाई ट्रयापभन्दा पनि च्यालेन्ज ठान्छु । कसैले नगरेको भएर गरेको हो, राष्ट्रले गर्नुपर्ने नगरेको हुँदा मैले गर्नुपर्यो त्यो हिसावमा भन्ने हो भने म ट्रयापमा हो । मैले जापानमा मन्दी चलिरहेको बेला रेष्टुरेण्ट उद्योगमा हात हालें, सफल पनि भएँ, डुबेका संस्था चलाएर नाफामा लैजानुमा मज्जा छ । मैले नेपालका हरेक विजनेशलाई पनि त्यस्तै अवस्थाबाट उकासिरहेको छु ।

नेपालमा तपाईंको व्यवसायिक सफलताको विषयमा म पछि प्रश्न गर्ने नै छु, अहिले चीनसँगको खास समस्या के हो ?
– त्यस्तो ठूलै समस्या त छैन ।

बीबी एअरवेजका बिमानले डेढ दुई घण्टा आकासमा बढी विताउनुपर्छ भन्ने कुरा के हो ?
– आकासमा बढी टाइम विताउनुपर्दैन, ताइवानको जुन पाटीसँग विमान लिइरहेका छौं, उनीहरुको कम्बोडियामा रेगुलर फलाइट छ, त्यसैले उनीहरु त्यहाँ जानै पर्दछ, हाम्रो कोडमा उनीहरु उड्ने भनेको कम्बोडिया र नेपाल मात्रै हो, ताइवानमा उड्दैन । त्यसैले हामी झन नजिक छौं ।

यो समस्या समाधान गर्न तपाईहरुले गरेको प्रयास सफल भएन नी ?
– उनीहरुसँग अहिले प्रब्लम पनि छैन, उनीहरुले नो पनि भनेको छैन, हामीले प्रेसर गर्यो भने सुविधा प्राप्त हुन्छ । हामीले त्यसमा टाइम नदिउँ भनेर कम्बोडियाबाट सुरु गरेको हो । समस्या विस्तारै सल्टिँदै जाओस भनेर ।

उनीहरुले किन समस्या क्रियट गरेका ?
– संसारमा जुन इगो छ, त्यै इगो हो, उनीहरुले पनि देख्यो, दिल्ली उडाइरहेका छन्, टोक्यो उडाइरहेका छन्, हवाइ नट वेइजिङ भन्ने हो ।

तपाईंले अहिले जहाँ जहाँ उडानको सेड्युल गर्नुभएको छ, ती सेड्युल  गरेका सबै ठाउँमा ‘टफ कम्पिटिशन छ, जस्तो मलेसियामा गतवर्षसम्म एउटा एअरलाइन्स थियो, अलिहे तपाईहरु आउनुभन्दा पहिले नै एअरएशिया र मलेसियन एअरलान्स थपिएका छन् । कसरी कम्पिट गर्नुहुन्छ ।
– एअर एशियाका मालिक टोनी फर्नान्डेज धेरै चलाख मान्छे हो । बीबी एअर आउँछ भन्ने पहिल्यै चाल पाएको भए उहाँहरुले यो रुटमा विमान नै चलाउनुहुन्नथ्यो । उहाँहरु लोकस्ट क्यारिअर चलाउनुहुन्छ, लोकस्टको समस्या के भने ८५ प्रतिशत अक्युपेन्सी भएन भने चलाउन गाह्रो हुन्छ ।

त्यही भएर होला, नेपालमा एअर एशियाको अहिले पनि चार्टड फ्लाइट छ ?
– हो, उहाँहरुको सेड्युल फलाइट होइन, चार्टड फलाइट हो, हामी आयौं रेगुलर दियो भने उहाँहरु कम्पिट गर्न सकनुहुन्न, हामी नेपालीको एउटा मानसिकता छ, हामी इण्डिया लाहुर जान्छौं, दुख गरेर कमाउँछौं तर फर्कदा चिल्लो भएर सान, ठाँटका साथ आउने । मलेसिया जाँदा पनि ठीकै छ, दुःख गर्न गएको हो, तर केही कमाएर फर्कदा एअर एशिया चढ्न गाह्रो हुन्छ, मलेसियामा एअर एशिया कहाँबाट चढ्ने भनेर पत्तो लगाउन गाह्रो छ, लो कस्टमा खाना छैन, उ छैन । तर हामीले त्यही मूल्यमा फुल फ्ल्जड सर्भिस दिंदै छौं । मलेसियन एअरलाइन्सको जहाँसम्म लाग्छ, डेली फलाइट नेपालमा छैन, साताका एउटा दुईवटा फलाइटले सबै यात्रीलाई ल्याउन पनि भ्याउँदैन, मलेसियामा मात्रै दैनिक दुईवटा फलाइट राम्रोसँग अपरेट गर्न सकिन्छ ।

मासले पनि बीबी एअरवेज आउँदैछ भन्ने क्यालकुलेशन गरेको छ होला नी ?
– उनीहरुले अहिले नेपाली कामदारलाई प्राथमिकतामा राखे, उनीहरुलाई पनि बल्ल थाहा भयो हामी आउँदैछौं भनेर, मास आउने तयारी गर्दा बीबी एअरवेज आउँदैछ भन्ने उनीहरुलाई सुइंको समेत थिएन, सिभिल एभिएशनका अधिकारीहरुलाई पनि दुई महिना अघि मात्रै थाहा भयो ।

त्यही भएर त होला नी उनीहरुले लो यिल्डका प्यासेन्जरलाई प्राथमिकता दिएको, नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राखेको ?
– त्यो त कस्तो हुन्छ भने हाम्रो अफर पनि आउँछ, स्ट्राटेजी पनि हुन्छ । मलेसियामा उनीहरुले ‘लेट्स गो काठमाण्डू’ भनेर पत्रिकामा ठूलो ठूलो विज्ञापन दिइ राखेका छन्, त्यसले गर्दा उनीहरु मलेसियन लिएर आउँछन्, उनीहरु टुरिष्ट ओसार्ने साधन बन्छन्, भोली उनीहरुले नेपालीलाई टार्गेट गर्छन भन्ने मलाई लाग्दैन । फेरी उनीहरुको र हाम्रो एउटै फेयर, उस्तै सुरक्षा भयो भने तपाई कसलाई छान्नुहुन्छ, आफ्नै छान्नुहुन्छ नी ।

हङकङमा त ड्रागनसँग प्रतिश्पर्धा हुन्छ, टोकियोमा पनि सिल्क र थाइसँग राम्रै प्रतिश्पर्धा भोग्नुपर्ला पर्दैन ?
– टोकियो हाम्रो मात्रै डाइरेक्ट फ्लाइट हुन्छ, नेपाल एअरलाइन्सले पनि पहिले काठमाडौं, साँघाई ओशाका नाफामै चलाएको थियो, म पनि जापान पहिलोपटक त्यही फलाइटमा गएको हो । अर्को कुनै कम्पिटिटर नै छैन । थाइ र सिंगापुरले ५/६ घण्टा ट्रान्जिट गर्छन, सुविधा, सेवा उस्तै भएपछि, बीबी सबै नेपालीको रोजाइ हुन्छ । हङकङमा पनि हामीलाई प्रतिश्पर्धा गर्न गाह्रो हुँदैन् । सेडुयुल वेगर नै उडेको आरएलाई त नेपालीले माया गरेका छन्, एनआरआनको इन्सियसिटिभ, हाम्रो स्ट्राटेजी, सुरक्षा लगायतका कारणले सबै गन्तब्यमा हामी धेरै स्ट्रङग छौं । त्यसमाथि मसँग जापानमा होटल विजनेश सक्सेस बनाएको अनुभव पनि छ ।

अघि मैले छोडेको प्रसङ्ग यहाँ आएर जोड्छु, जापानको होटल, रेष्टुरेण्ट लाइनमा जुन म्याजिक तपाईंले क्रियट गर्नुभएको नी त्यो त नेपालमा छैन, मोमेण्टोमा समस्या छ, युनाइटेड बु्रअरीको ग्रोथ सुस्त छ, तपाईंका नेपालका ठूला भेञ्चर यिनै होइनन् ?
– हामी नेपालीको तातै खाउँ जल्दी मरौं भन्ने भावना छ, लगानी गर्न पाएको छैन, नाफा खान खोज्छ । कति वर्षको प्रोजेक्ट हो, पञ्च वर्षीय, दश वर्षीय, कुन कुन पूर्वाधार बनाउनुपर्दछ, त्यो सबै तयार गरे पछि बल्ल नाफाको कुरा हुन्छ । मोमेण्टो, युनाइटेड बु्रअरीमा मेरो नाफाको एउटा सेड्युल छ, मेरो सेड्युल र टार्गेट अनुसार म मुनाफामा छु ।