BIZMANDU
www.bizmandu.com

स्वीकृतीविना नै लाभांस घोषणा गरेपछि बिओकेलाई राष्ट्र बैंकको चेतावनी

२०६९ भदौ २६

काठमाडौं । स्वीकृति विना सेयरधनीलाई लाभांस सार्वजनिक गरेको भन्दै राष्ट्र बंैकले बैंक अफ काठमाण्डू (बिओके) लाई चेतावनी दिएको छ । गत वर्षको व्यालेन्सिट प्रारम्भिक रुपमा पनि स्वीकृत नगराइ लाभांस घोषणा गरेको भन्दै राष्ट्र बैंकले चेतावनी दिएको हो ।
बैंकले केही दिनअघि सेयरधनीलाई २१.३२ प्रतिशत नगद लाभांस र ५ प्रतिशत वोनस सेयर दिने घोषणा गरेको थियो । बैंकले गत वर्ष गरेको नाफाका आधारमा सञ्चालक समितिबाट सेयरधनीलाई दिन सकिने लाभांस घोषणा गरेको थियो ।
राष्ट्र बैंकको चेतावनी पछि पनि बिओकेले लाभांस वाँड्न प्रारम्भिक अनुमति भने पाएको छ । अब पूर्ण अनुमतिका लागि उसले पुन राष्ट्र बैंक व्यालेन्सिट पठाउनु पर्ने हुन्छ । राष्ट्र बैंकबाट पूर्ण अनुमति पाएपछि बैंकले साधारणसभाबाट पारित गरेपछि मात्र लाभांस वाँड्न पाउँछ । बैकले गत वर्ष ६० करोड ७६ लाख नाफा कमाएको थियो ।

Tata
GBIME
Nepal Life