काठमाडौं । ग्लोबल आईएमई बैकले भक्तपुरको सूर्यविनायकमा शाखा स्थापना गरेको छ । सो शाखाको सोमबार बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे ।
यो शाखाबाट अत्याधुनिक बैकिङ, रेमिट्यान्स भुक्तानी र अन्तरशाखा कारोबार हुने बैकले जनाएको छ । बैकले उद्योगी व्यवसायी र किसानलाई सर्वसुलभ कर्जा प्रवाह गर्ने जनाएको छ । बैकको नेपालभर ६२ वटा शाखा छन् ।