BIZMANDU
www.bizmandu.com

दूरसञ्चार प्राधिकरण अध्यक्षका लागि सात जनाको दावी, कंसाकार पनि उम्मेदवार

२०६९ भदौ २६

काठमाडौं । दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दुई पूर्व प्रवन्ध निर्देशकसहित एक दर्जनले आवेदन दिएका छन् । प्राधिकरणका अध्यक्ष भेषराज कंँडेलले युटिएलको रोयल्टी मिनाहामा दबाब आएको भन्दै राजीनामा दिएपछि प्राधिकरणको अध्यक्ष पद खाली छ । यो पदका लागि दुई साताअघि आवेदन मागेको थियो । आवेदनको अन्तिम दिन सोमबार १३ जनाले ईच्छा जाहेर गरेका हुन् । अध्यक्ष पदका लागि पूर्व प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार, विश्वनाथ गोयल आवेदन दिएका छन् । यो वाहेक कन्हैयालाल गुप्ता, केदारजंग थापा, सोहनबहादुर न्याछो लगायतले आवेदन दिएका छन् ।

Tata
GBIME
Nepal Life