BIZMANDU
www.bizmandu.com

बजारमा बेच्नेभन्दा किन्ने र किन्नेभन्दा होल्ड गर्ने जमात बढि, लाभांश बुकिङमा लागे लगानीकर्ता

२०७१ असोज ८

काठमाडौं। दशैं नजिकिदै गर्दा लगानीकर्ताहरुको बजारमा खासै चहलपहल बढ्न सकेको छैन। तरपनि बजारमा बेच्नेको भन्दा किन्नेको र किन्नेको भन्दा होल्ड गर्ने जमात बढिरहेको बजार स्रोतहरुले बताएका छन्।  
 
दशैंअघि करिब चार दिन मात्र बजार खुल्ने र यो समयमा सेयर बेचेपनि लगानीकर्ताहरुले तत्काल रकम पाउने सम्भावना कम हुने भएकोले पनि धेरै लगानीकर्ताहरु सेयर होल्ड गर्ने मनशायमा रहेका देखिन्छन्।

Tata
GBIME
Nepal Life

अर्काेतर्फ बजार २० प्रतिशतभन्दा तल आइसकेको र अधिकांश कम्पनीको धमाधम बुक क्लोजको अवधि नजिकिएकोले पनि लगानीकर्ताहरु लाभांश बुकिङमा लागेका छन।
 

लगानीकर्ता राजन लम्साल भन्छन, अहिले सेयर बेच्ने हो भने लगानीकर्ताले तत्काल रकम पाउँन सक्दैन, अर्काेतर्फ मुखमै आएकोे लाभांश गुमाउनु पर्छ, बजार २० प्रतिशत घटेको यो समयमा अहिले बेच्नेलाई करिब ४० प्रतिशत नोक्सान हुन्छ।

हाल सुचीकृत कम्पनीहरुले औंसतमा १५ देखि २० प्रतिशतको हाराहारीमा लाभांश घोषणा गरेका छन। अहिले लगानीकर्ताहरु लाभांश लिने उदेश्यले सेयर नामसारीमा पठाइरहेका छन। 
 

अहिले किन्ने लगानीकर्ता भने केही बढेका छन। मंगलवार नै सेयर बजार बढ्नुले किन्ने लगानीकर्ता बढेको संकेत गरेको छ।

बजार निकै तल ओर्लिएको र दशौं पछि बजार बढ्छ भन्ने लगानीकर्ताहरु खरिदमा देखिएका छन, स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष अन्जनराज पौड्यालले भने।

प्राय दशैंभन्दा केही दिनअघि सेयर बजारमा खासै उतार चढाव नदेखिने भएकोले पनि लगानीकर्ताहरु सेयर बेच्न इच्छुक हुदैन। अर्काे तर्फ मूल्य घटेको र लाभांश लिने अवधि नजिकिएकोले लगानीकर्ताहरु सेयर किन्न थाल्छन। 
 

पछिल्लो समय सामूहिक लगानी कोषहरुले पनि सेयर खरिद बढाएको हुनसक्छ, ब्रोकर प्रियराज रेग्मी बताउनु हुन्छ। मंगलवारबाट नै सेयर बेच्नेहरुको संख्या घटेको छ तर किन्नेको संख्या बढेको छ।

कम्पनीहरुको मूल्यमा पनि धेरै अन्तरले सुधार हुन सकेको छैन भने घट्नेहरुको मूल्यमा पनि ठुलो अन्तर छैन।

अहिले सक्रिय रहेका लगानीकर्ताहरु बीच मोलमोलाई भने तीव्र हुने गरेको छ। लामो समयदेखि सेयर होल्ड गरेकाहरुले मात्रै सेयर बेचिरहेका छन। तर लाभाँश लिने उदेश्यले धेरैको ध्यान किन्न् या होल्ड गर्नमा केन्द्रित भएको देखिन्छ। 
 

बजारमा लगानीकर्ताको संख्यामा कमि नआएपनि होल्डको उदेश्यमा धेरै लगानीकर्ता रहेकाले बजारमा खासै ठुलो घटबढ नदेखिने बजार स्रोतहरु बताउछन। केही दिन यता बजारमा कारोबार रकम पनि घटिरहेकोले पनि यसलाई पुष्टि गर्छ।

केही साता अघिसम्म दैनिक ५०,६० करोड रुपैयाँको कारोबार भइरहेकोमा अहिले यो रकम आधा जस्तो भएको छ।

दशैंका लागि रकम जुटाउनेहरुले पनि दशैंअघिको दुई,तीन साताबाटै सेयर बिक्री बढाउने भएकोले पनि त्यसयता कारोबार बढ्न नसकेको हो।