BIZMANDU
www.bizmandu.com

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सेयर अभौतिकीकरण, दुई करोड चार लाख कित्ता भन्दा वढी सेयर

२०७१ असोज ७

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना सेयरहरु अभौतिकीकरण गरेको छ। बैंकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा दुई करोड चार लाख १६ हजार ७२० कित्ता सेयर अभौतिकीकरण गरेको हो। एक सय रुपैयाँ अंकित दरका सेयर अभौतिकीकरण गर्न बैंकले भदौ १६ गते निवेदन दिएको थियो। 

Tata
GBIME
Nepal Life


 

साधारण सेयर धितोपत्र अभौतिकीकरण गर्ने सम्झौता गरी बैंकलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक आइएसआइएन NPE033A00008 प्रदान गरिएको छ।  
 
सम्झौतामा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देल र धितोपत्र अभौतिकीकरण गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले हस्ताक्षर गरेका छन्। 
 
धितोपत्र अभौतिकीकरणको लागि हाल सम्म आवेदन दिएका १०९ (एक सय नौ) कम्पनीहरु मध्ये आज दर्ता सम्झौता गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सहित हालसम्म धितोपत्र अभौतिकीकरण दर्ता सम्झौता गर्ने कम्पनीको संख्या २९ (उनान्तीस) पुगेको छ।