BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको कोरिया बैंकमा नोस्ट्रो एकाउन्ट, रोगारमा गएका नेपालीले पैसा पठाउन सक्ने

२०७१ असोज ६

काठमाडौं। एभरेष्ट बैँकले कोरियाको कोरिया एक्स्चेन्ज बैँकमा नयाँ नोस्ट्रो एकाउन्ट खोलेको छ। बैंकका अनुसार यसले कोरियामा वैदेशिक रोजगारका सिलसिलामा गएका कामदारहरुका लागि निकै सजिलो हुनेछ। 
 
कोरिया एक्स्चेन्ज बैंकका ग्राहक तथा त्यहाँका अन्य नेपालीहरुले समेत एभरेष्ट बैंकमा रकम ट्रान्सफर गर्न सक्नेछन्। यस अगाडि एभरेष्ट बैँकले यस्तो सेवा सिओल, कोरियाको वूरी बैँकसँगको सहकार्यमा मात्र प्रदान गर्दै आएको थियो।
 
हाल एभरेष्ट बैँकले आफ्ना ५३ शाखा, ५ एक्स्टेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर, ७५ एटिएमबा सेवाहरु प्रदान गर्दै आएको छ। पञ्जाब नेसनल बैँकसँगको सहकार्यबाट अझै मजबुत बन्दै आएको एभरेष्ट बैँकले आफनो शाखा र सेवाहरु बढाउँदै आफुलाई नेपालको नीजि क्षेत्रमा अग्रणी स्थानमा राख्न सफल भएको छ। 

Tata
GBIME
Nepal Life