BIZMANDU
www.bizmandu.com

दिनभर घटेरै बन्द भयो बजार, परिसूचक साढे १६ अंकले झर्याे, कारोबार रकम २८ करोडमा सिमित

२०७१ असोज ५

दिनभर घटेरै बन्द भयो बजार, परिसूचक साढे १६ अंकले झर्याे, कारोबार रकम २८ करोडमा सिमित
दिनभर घटेरै बन्द भयो बजार, परिसूचक साढे १६ अंकले झर्याे, कारोबार रकम २८ करोडमा सिमित

काठमाडौं। कारोबार खुलेदेखि नै घट्ने क्रममा रहेको बजारमा अन्त्यसम्म पनि सुधार हुन सकेन । नेप्से परिसूचक १६.३८ अंकले घटेको छ । करिब २० अंक बढिले घटेको बजार कारोबारको मध्यपछि भने सुधारको प्रयासमा देखियो । 


एक सय २८ कम्पनीको सेयर कारोबार भएकोमा १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । आइतवार नै लाभांश घोषणा गरेका तिनाउ बिकास बैंकको सेयर मूल्य पाँच रुपैयाँले घट्यो तर गौमुखी बिकास बैंकको कारोबार भएन । गौमुखीको सुचीकरण भएको लामे समय हुँदा पनि पहिलो कारोबार भएको छैन । बैंकको गत साउन २७ गते नै सेयर सुचीकरण भएको थियो।  

Tata
GBIME
Nepal Life
केही दिन देखि नौं प्रतिशतको दरले मूल्य बढिरहेको मिथिला लघुवित्त बिकास बैंकले आइतवार पनि निरन्तरता पाएको छ । युनाइटेड इन्स्योरेन्सको पनि सेयर मूल्य नौं प्रतिशतको दरमा नै बढेको छ । 
यस दिन ‘अन्य’ समूहको बाहेक सबै समूह घटेको छ । नेपाल टेलिकमको सेयर मूल्य नौं रुपैयाँले बढेपछि ‘अन्य’ समूहम सुधार भएको हो । 
 

आइतवार नै पब्लिक डेभलपमेन्ट बैंकले १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले कर प्रयोजनको लागि समेत ०.६ प्रतिशत नगद लाभांश दिन भएको हो ।

दिवा अपडेटः

  • नेप्से १५ अंकले घट्यो, सबै समूहको परिसूचकमा सुधार देखिएन 

काठमाडौं। बजार खुलेको एक घण्टा नबित्दै नेप्से परिसूचक ९.०७ अंकले घटेको छ । कारोबारमा ६४ कम्पनी आएपनि छ कम्पनीको मात्र मूल्य बढ्यो। यो अवधिमा चार करोड रुपैयाँको मात्र सेयर कारोबार भयो । बुक क्लोज नजिकिएका चिलिमे जलविद्युत्, ग्लोबल आइएमइको सेयर मूल्य समेत बढेको छैन । करोबार रकमको आधारमा भने यी दुई अग्रस्थानमा छन । 
 
मिथिला लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, कन्ट्रि डेभलपमेन्ट, मुक्तिनाथ बिकास, युनाइटेड इन्स्योरेन्स र हिमालयन बैंकको मात्र सेयर मूल्य बढेको छ । 
 

दुई ब्रोकर कम्पनी आइतवार कारोबारबाट आउट भएका छन । अरुण सेक्युरिटिज (ब्रो.३) र आशुतोष ब्रोकरेज (ब्रो.८) ले राफसाफको लागि प्रमाण पत्र बुझाउन ढिलाई गरेकोले कारोबार रोक्का गरिएको हो ।