BIZMANDU
www.bizmandu.com

प्रभु फाइनानसले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने घोषणा

२०६९ भदौ २५

प्रभु फाइनानसले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने घोषणा
प्रभु फाइनानसले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं । गतवर्ष १५ प्रतिशत बोनस सेयर दिएको प्रभु फाइनान्सले यस वर्ष लगानीकर्तालाई १७ प्रतिशत सेयर लाभांस दिने घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिले राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र साधरणसभाबाट अनुमोदन भएपछि १७ प्रतिशत लाभांस दिने घोषणा गरेको हो ।
फाइनान्सले गतवर्ष नौ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यही मुनाफाबाट फाइनान्सले लगानीकर्तालाई लाभांस दिन लागेको हो । फाइनान्सले त्यस अघिल्लो वर्ष आठ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
निक्षेप, कर्जा परिचालन र मुनाफाबाट हिसावमा प्रभु फाइनान्स सबैभन्दा ठूलो फाइनान्स कम्पनी हो । अघिल्लो वर्षको अन्तसम्म फाइनान्समा सात अर्ब ४६ करोड निक्षेप थियो भने फाइनान्सले तीन अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

Tata
GBIME
Nepal Life