BIZMANDU
www.bizmandu.com

चेम्बरले भेट्यो उद्योगमन्त्री, निर्यातमा चार प्रतिसत अनुदान माग, मन्त्रालय गुरुयोजना ल्याउँदै

२०७१ असोज २

काठमाडौं। नेपाल चेम्वर अफ कमर्सको प्रतनिधिमण्डलले नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतसँग भेट गर्दै निर्यातमा चार प्रतिसत अनुदान दिन आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री बस्नेतसँग उद्योग वाणिज्य क्षेत्रका समस्या एवं समसामयिक विषयमा छलफल गर्दै चार प्रतिसन अनुदान दिन माग गरेको हो।

Tata
GBIME
Nepal Life

उक्त असरमा मन्त्री बस्नेतले उद्योग मन्त्रालयले छिट्टैे गुरु योजना (माष्टर प्लान) सार्वजनिक गर्ने र यो योजनाले उद्यमी व्यवसायीहरुलाई राहत मिल्ने बताए। सरकार, ट्रेड युनियन र उद्यमी व्यवसायीहरुको सहमती र सहकार्यमा सुमधुर श्रम सम्वन्ध र लगानीमैत्री वातावरण बनाउन आफू अधिकतम प्रयासरत रहेको पनि उनले बताए।

मन्त्री बस्नेतले वर्तमान संरचनाका ढिला सुस्ती लगायतका समस्या आधुनिक प्रविधीको प्रयोगले हटाउन सकिने बताउंदै रुग्ण उद्योगहरुको उत्थानका लागि आफूले पहल गर्ने आश्वासन दिए।

चेम्वरका अध्यक्ष श्रेष्ठले दिनप्रतिदिन बढदै गएको मुलुकको व्यापार घाटा न्युनीकरण गर्न निकासीलाई प्रोत्साहन स्वरुप चार प्रतिशत अनुदान दिन माग गरे। उनले आर्थिक सम्वृद्धि प्राप्त गर्न निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन गरी लगानीकर्ताको मनोबल उच्च राख्नु पर्नेमा जोड दिए।

आर्थिक ऐनहरु अविलम्व ल्याईनु पर्ने, लचिलो श्रमनीति, गैर कर न्युनीकरण गरिनु पर्ने, आयात तथा निर्यातका लागत घटाउनु पर्ने, निर्यात व्यापार वृद्धि गर्र्न अन्तर्राष्ट्रिय बजारको खोजी गर्नु पर्ने, उर्जा संकटका लागि विशेष योजना ल्याइनु पर्ने, अर्थतन्त्रलाई ग्रामीण तथा दुर्गम स्थान सम्म पुर्याउनु पर्ने, ग्रामीण क्षेत्रमा भोतिक पूर्वाधारको विकास गरिनु पर्ने जस्ता बुँदागत माग उनले राखेका छन्।