BIZMANDU
www.bizmandu.com

सार्वजनिक वित्त व्यवस्थापनमा स्वीस सरकारको पनि सहयोग, करिव ३० कराेड रुपैयाँ दिने

२०७१ असोज २

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापन (पिएफएम)मा स्विस सरकारले पनि सहयोग गर्ने भएको छ । स्विस सरकारले मल्टी डोनर ट्रस्ट फन्डमार्फत पिएफएममा सहयोग गर्ने भएको हो । यससम्बन्धि सम्झौता पत्रमा विश्व बैंकका कन्ट्री डाइरेक्टर जोहानेश जुट र स्वीस सरकारका तर्फबाट अर्स हेरेनले हस्ताक्षर गरेका छन् । स्वीस सरकारले यसमा ३१ लाख ९० हजार डलर (करिव ३० कराेड रुपैयाँ) सहयोग गर्नेछ ।

Tata
GBIME
Nepal Life

मल्टी डोनर ट्रस्ट फन्डमा रहेका अरु दातृ निकायको सहयोगसँगै रकम पनि परिचालित हुनेछ । यसमा युरोपियन युनियन, डिएफआइडी, अष्ट्रेलिया, डेनमार्क तथा नर्वेको सहयोग रहेको छ । उनीहरुले नेपालको वित्तीय व्यवस्थापनमा पारदर्शीता, जवाफदेहितालगायतका विषयमा सहयोग गर्दै आएका छन् ।

यसले पिएफएमको सुदृढिकरणमा पनि सहयोग गर्दै आएको छ । यो कार्यक्रम अन्तर्गत ७५ जिल्लामै एकल खाता व्यवस्थापन, बजेटको समयमै नतिजालगायतका विषयमा सहयोग गर्दै आएको छ । यस्तै यो कार्यक्रम अन्तर्गत सरकारी खर्च व्यवस्थापन तथा राजश्व संकलनका विषयमा पनि विभिन्न कार्यक्रम चल्दै आएका छन् । यस्तै यसले राजश्व व्यवस्थापन सूचना प्रणालीका लागि पनि सहयोग गर्नेछ ।