BIZMANDU
www.bizmandu.com

राजधानीको सडक विस्तार नरोकिने, नयाँ वानेश्वरमा पनि सरकारले भत्काउने

२०६९ भदौ २५

राजधानीको सडक विस्तार नरोकिने, नयाँ वानेश्वरमा पनि सरकारले भत्काउने
राजधानीको सडक विस्तार नरोकिने, नयाँ वानेश्वरमा पनि सरकारले भत्काउने


काठमाडौं । सरकारले राजधानीको सडक विस्तारको क्रमलाई निरन्तरता दिएको छ । साँघुरा सडकका कारण राजधानीमा सवारी साधन व्यवस्थापनै अस्तब्यस्त भएपछि सरकारले सडक फराकिलो बनाउने अभियान थालेको थियो । यसै क्रममा लैनचौर– महाराजगञ्ज– गल्फुटार सडक र पुरानो वानेश्वर– नयाँ वानेश्वर– शंखमूल सडकसँग जोडिएका दायाँवायाँका संरचना भत्काउन सार्वजनिक अपिल गरेको छ ।
यो संरचना आफैले नभत्काएमा मेसिन प्रयोग गरिने चेतावनी दिएको छ । उपत्यका विकास प्राधिकरणले जारी गरेको सूचनामा लैनचौर– महाराजगञ्ज सडकमा दायाँवायाँ ९ मिटर र पुरानो वानेश्वर– नयाँवानेश्वर सडकमा दायाँबायाँ ७ मिटरका आफ्ना संरचना भत्काउनुपर्ने उल्लेख गरेको छ । सडक भत्काउने र सडक कालोपत्रे गर्ने कामलाई समेत सरकारले निरन्तरता दिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले दुई साताअघि जनताको नाममा संबोधन गर्दै दशैअघि राजधानीका सडक कालोपत्रे भइसक्ने बताएका थिए । यही योजना अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयले कालोपत्रेको कामलाई तीब्रता दिएको छ । मन्त्रालयका अनुसार माइतीघर –तीनकुने सडक वाहेकका भित्री सडकहरु दशैअघिनै कालोपत्रे भइसक्नेछन् । राजधानीवासीले सडक फराकिलो पार्ने काम मात्रै भएको तर निर्माण नभएको भन्दै आलोचना गरिरहेका बेला सरकारले कालोपत्रेलाई तिब्रता दिएको हो । सडक फराकिलो पार्ने क्रममा विजुली, पानी, ढल र टेलिफोनका संरचना समयमै नसार्दा कालोपत्रे हुन नसकेको मन्त्रालयले जनाएको छ । सडक कालोपत्रेसँगै पेटी समेत उच्च गुणस्तरको बनाउन खोज्दा धेरै समय लागेको मन्त्रालयको भनाई छ । राजधानीको सबै सडकमा ढुंगा छापेर पेटी निर्माण गरिएको छ ।

Tata
GBIME
NLIC