कुमारीको १० करोड, एनसीसीको आठ करोड ८१ लाख र ग्लोबल आइएमइको दुई करोड २३ लाख रुपैयाँको कारोबार भएर प्रमूख तीन कम्पनीमा दरिए
।कारोबार खुलेको केही समयमा नै कुमारी बैंकको सेयरलाई छ सय ७९ रुपैयाँ हाल्न तयार रहेका लगानीकर्ताले बिक्री चाप बढेपछि छ सय रुपैयामा नै कम्पनीको सेयर किन्ने अवसर पनि पाए ।होटेल समूहको परिसूचकमा कारोबारको मध्यदेखि सुधार आयो र निरन्तरता जारी रह्यो । घोषणा गरेको लाभांश प्राप्त गर्ने अन्तिम दिन भएकोले ओरियण्टल होटेलको सेयर मूल्य सात प्रतिशतले बढेर सात सय ३० रुपैयाँ पुगेको छ । होटेलले कर प्रयोजनसहित १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। होटेलले विहीवारबाट बुक क्लोज हुने उल्लेख गरेको छ । यही समूहको तारागाँउ रिजेन्सी (हायात होटेल) को समेत सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले वृद्धि भयो ।
उच्च दरमा लाभांश घोषणा गरेका बिकास बैंक र यी समूहका बैंकहरुको सेयर मूल्य भने बढेको छ । मूल्य बढेका प्रमूख १० कमपनीमा ओरियण्टल होटेल बाहेक अन्य सबै बिकास बैंक रहे । मिथिला लघुवित्त, प्रोफेशनल बिकासको नौं प्रतिशतभन्दा धेरैले मूल्य बढ्यो । बिकास बैंक समूहको परिसूचक एकाध पटक घटेपनि बढेर बन्द भएको छ ।
लगानी गर्ने क्रम भने बजारमा बढेको कारोबार रकमले देखाउँछ । अघिल्लो दिन ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधवार भने ४८ करोड रुपैयाँको कारोबार भयो । कारोबारमा आएका ६८ कम्पनीको मूल्य घटेको छ भने ५१ कम्पनीको मूल्य बढेको छ ।