BIZMANDU
www.bizmandu.com

आरएमडिसीमा प्रमुख कार्यकारी नियुक्त, चार बर्षका लागि ज्योतिचन्द्र ओझा व्यवस्थापन प्रमुख

२०७१ असोज १

आरएमडिसीमा प्रमुख कार्यकारी नियुक्त, चार बर्षका लागि ज्योतिचन्द्र ओझा व्यवस्थापन प्रमुख
आरएमडिसीमा प्रमुख कार्यकारी नियुक्त, चार बर्षका लागि ज्योतिचन्द्र ओझा व्यवस्थापन प्रमुख

काठमाडौं। रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) ले प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझालाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

तीन महिनादेखि खाली रहेको आएमडिसीको सिइओ खुला प्रतियोगिताबाट निुक्त  गरिएको हो।
 

ओझलाई आगामी चार बर्षसम्मका लागि नियुक्त गरिएको हो। ओझा राष्ट्रिय बाणिज्य बैंकको डेपुटी महाप्रबन्धकबाट अवकास हुन्।

उनले त्यहाँ २० बर्ष काम गरेका थिए। ओझाले अर्को एक संस्थामा पनि  लघुवित्त डेस्क हेर्थे। 
 

वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गतसमेत काम गरेका ओझाको लघुवित्ती क्षेत्रमा राम्रो दखल रहेको आरएमडिसीका सञ्चालकहरुले बताएका छन्।

यसअघि आरएमडिसीको प्रमुख कार्यकारी शंकरमान श्रेष्ठ थिए।